प्रदेश ५ ले गर्‍यो गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

 न्यूज विराट
प्रदेश ५ ले गर्‍यो गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

काठमाडौं, ८ जेठ-रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ ।  प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले कोरोना संक्रमितलाई बचाउने अनेकौँ प्रयास गर्दा पनि बचाउन नसकिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पेसाले शिक्षक रहेका ती पुरुष अर्घाखाँचीको १ मेडिकलमा स्वास्थ्य परीक्षणपछि क्रिमशन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा जेठ २ गते उनमा कोरोना सक्रमण पुष्टि भएको थियो ।

उनीसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चेककी सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

टि–२० क्रिकेट प्रतियोगिता सुरु , उद्घाटनमा उदयपुरको विजय सुरुवात

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता उदयपुर जिल्लाले विजय सुरुवात गरेको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा इलामलाई २९ रनले हराउँदै उदयपुर विजयी भएको हो ।...

‘क्यान्सर प्राणघातक रोग हो, यसबाट बच्न सक्नुपर्दछ’: कलाकार मदनकृष्ण श्रेष्ठ

विराटनगर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न नदिन सचेतना अभियान चलाउन...

उच्च अदालतको आदेशले कटहरी गाउँपालिकालाई बजार लगाउने बाटो खुल्यो

विराटनगर । लामो समयसम्म मोरङको कटहरी गाउँपलिका १ स्थित तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न नसकेर प्रयोगविहीन भएको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हटिया लगाउने बाटो उच्च अदालत विराटनगरले खुल्ला गरिदिएको छ ।...

विराटनगरमा पत्रकार महासंघको तीज कार्यक्रम, महिला सञ्चारकर्मीलाई साडी वितरण

विराटनगर, ८ भदौ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाली महिलाहरुले मनाउने तीज पर्वबाट एक आपसमा सद्भाव बढेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित तीज कार्यक्रममा शुभकामना व्यक्त्त गर्दै प्रजिअ दाहालले...

प्रतिनिधि मनोनितमा विवाद, नाराबाजीले एमाले मोरङको बन्दसत्र रोकियो

विराटनगर । नेकपा एमालेको दशौ अधिवेशनको बन्दसत्र रोकिएको छ । आज दिउँसोबाट सुरू भएको बन्द शत्रमा जिल्ला अधिवेशन प्रतिनिधि मनोनित गरेको विषयमा विवाद भएपछि बन्दसत्र रोकिएको हो । जिल्ला कमिटीले मनोनित गरेको ४६ जना प्रतिनिधिको...

राष्ट्रिय जनमोर्चाले सांसदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई सांसद पदमा पुनर्बहाली गर्न आदेश दिएको हो । थापाले आफू...

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

काठमाडौं, ३० चैत-गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने सो हेल्पलाइनमा कोरोना महामारीका कारणले...

शिक्षादीपमा साइबर सेक्युरिटी सम्बन्धी तीन दिने कार्यशाला सुरु

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा साइबर सेक्युरीटि दोस्रो कोड शिविर र एथिकल ह्याकिङ कार्यशाला सुरु भएको छ ।कक्षा ११ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि तीन दिने उक्त कार्यशाल आइतबारदेखि सुरु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्