विराटनगर बजार विहान ६ देखि १० बजे सम्म खोल्ने महानगरको निर्णय

 न्यूज विराट
विराटनगर बजार विहान ६ देखि १० बजे सम्म खोल्ने महानगरको निर्णय

विराटनगर, जेठ ८–विराटनगर बजार दैनिक ४ घण्टा खोल्ने माहानगरपालिकाले निर्णय गरेको छ । लामो समयदेखि जारी बन्दाबन्दीले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको हो।

महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउनका बेला पनि विकास–निर्माणका काम नरोक्न निर्माण सामग्रीका पसल खोल्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यसअघि मुख्यमन्त्रीको संयोजकत्वमा रहेको संकट व्यवस्थापन समितिले पनि यहीअनुसारको निर्णय गरेको जानकारी दिए ।

उनले निर्माण सामग्रीका पसल खोल्न बिहान ६ देखि १० बजेसम्मको टाइम कार्ड लागू गरिएको उनले बताए । व्यवस्थापन समितिको बैठकले आइसिपीबाट नेपाल भित्रिएका भारतीय गाडीलाई महानगरभित्र रोक्न नदिने र कतै नरोकी गन्तव्यसम्म पुग्न अनुरोध गरिने निर्णय गरेको छ । त्यस्तै भारतबाट नेपाल आएका बिरामीका कुरुवा, चालक र बिरामीका विषयमा सावधानी अपनाउने निर्णय पनि बैठकले गरेको छ ।

सम्बन्धित समाचार

बोको हरामद्धारा १८ सर्वसाधारणको हत्या

काठमाडौं, १९ साउन -क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।  सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको...

कोरोना परिक्षणका लागि कोशी अस्पतालमा राखिएको ल्याव मुख्यमन्त्री राईद्धारा निरिक्षण

विराटनगर, चैत २८–कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गरेका छन् । कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण...

एसईइ रनिङ शिल्ड प्रतियोगिता, उपाधिको लागि बरहा राईजिङ र सत्यनारायण मावि भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि फाइनलमा पुगेको छ । विराटनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद...

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं, २७ साउन-वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र...

इप्रका नेमुवालाई सफलता, २९ केजी गाजासहित तीन जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय नेमुवा प्रहरीले २९ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङको बुढिगंगा गाउँपालिका ३ मुडेरी रमाईलो टोलबाट इप्रका नेमुवाका प्रमुख सही भुवन श्रेष्ठको कमान्डमा खटिएको प्रहरीले गाजासहित दुई जनालाई...

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौं, ५ मंसिर-औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको  छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा...

गाउँपालिका उपाध्यक्षको ससुराको मृत्यु हुँदा सार्वजनिक बिदा

काठमाडौं, साउन २२ । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ  गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय...

खतरानाक लागुऔषधसहित एक पक्राउ

विराटनगर, साउन १४–मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल पक्राउ परेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्