काठमाडौं, ७ जेठ-आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त अर्थात् १४ जुनसम्म उडान बन्द गर्ने निर्णय गरेको हो ।
१४ जुनसम्म आन्तरिक र बाह्य उडान बन्द गर्ने समितिको निर्णय आएको नेपाल नागरिक उड्डयनप्राधिकर ण महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
यसअघि १८ जेठसम्म उडान बन्द गर्ने निर्णय गरिएको थियो । तर, पछिल्लो केही दिनयता दिनहुँ कोराना संक्रमितको संख्या बढेपछि उडान थप बन्द गर्ने निर्णय गरिएको छ । बुधबार साँझसम्म नेपालमा ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमभ्ये ४५ जना निको हुँदा २ जनाको मृत्यु भएको छ ।