कोरोना संक्रमित भेटिएपछि भक्तपुरकाे द्यौला बस्ती सिल

 न्यूज विराट
कोरोना संक्रमित भेटिएपछि भक्तपुरकाे द्यौला बस्ती सिल

भक्तपुर, ७ जेठ-भक्तपुर नगरपालिका-५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले सिल गरेको छ । भेलुखेलका ४२ वर्षीय १ पुरुषलाई कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

काठमाडौं महानगरपालिकामा सवारी चालकको काम गर्दै आएका उनको महानगरपालिकाले गत शुक्रबार स्वाब सङ्कलन गरी पीसीआर परीक्षणमा पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलेखेल पुगेर बस्ती सिल गरेको हो ।

बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन । प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । रासस

सम्बन्धित समाचार

लकडाउनका बीच त्रिभुवन विमानस्थलमा पूर्वाधार विस्तार गरिँदै

लकडाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउनमा सामाजिक दूरी कायम गर्दै निर्माणको काम भइरहेको...

शान्ति सुरक्षामा कटिबद्ध : प्रजिअ यादव

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले शान्ति सुरक्षा कायम गर्दै विकास निमार्णमा सहजिकरण गरेर अगाडी बढने बताएका छन् । मोरङ सरुवा भएर आएपछि बिहीबार संचारकर्मीहरू परिचयत्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले...

अरनिको खेलकुद सप्ताह सकियो

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज...

बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा...

चुच्चे नक्सा र उत्तरी नाका खोलेवापत मलाई हटाइयो:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले...

नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे...

नो एमसीसी लेखिएको शंकास्पद वस्तु फेला

काठमाडौं, १६ फागुन ।काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । ‘नो एमसीसी, खतरा’ लेखिएको वस्तु भेटिएको हो । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर, ५७० जना लाभान्वित

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर पोखरीयास्थित डन बस्को स्कुलमा विराट नर्सिङ होम प्रा.लि. र विराट इन्टरनेशनश डाइग्नोष्टिक ल्याब प्रा.लिको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्