काठमाडौं, ६ जेठ-कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका सुरक्षाकर्मी नै उच्च जोखिममा रहेका छन् । सोमबारसम्ममा ४ वटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएकाेमा मंगलबार फेरि १ जना थपिएर १० जना पुगेको छ ।
मंगलबार सुनसरीमा सशस्त्र प्रहरीका १ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १० पुगेको हो । हालसम्म नेपाली सेनाका मध्य पृतनापतिसहित २ जना नेपाली सेना, ३ जना नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका ४ जना तथा मंगलबार राष्ट्रिय अनुुुसन्धान विभागका सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएसँगै संक्रमित सुरक्षाकर्मीकाे कुल संख्या १० पुगेकाे हाे ।