रुसमा ३ लाख पुगे कोरोना संक्रमित, सवै नेपाली सुरक्षित

 न्यूज विराट
रुसमा ३ लाख पुगे कोरोना संक्रमित, सवै नेपाली सुरक्षित

मस्को, जेठ ६–रुसमा मंगलबार सम्म २ लाख २० हजार ९ सय ७४ जना कोरोना भाइरस (कोडिभ–१९) का सक्रिय संक्रमित पुगेका छन् । केही दिन यता रुसमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलँदै गएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा मात्र रुसमा ९ हजार २ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । वल्र्डोमिटरको तथ्यांक अनुसार मंगलबार सम्म रुसमा कुल संक्रमितको संख्या २ लाख ९९ हजार ९ सय ४१ पुगेको छ ।

जस मध्ये ७६ हजार १ सय ३० जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् भने २ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा मात्र रुसमा १ सय १५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।

२ हजार ३ सय जनाको अवस्था चिन्ताजनक रहेको छ । रुसमा बसोबास गर्ने कुनै पनि नेपालीमा हालसम्म संक्रमण नदेखिएको र सवै नेपाली सुरक्षीत रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

स्वास्थ्य मन्त्रालय प्रवेशमा पत्रकारलाई कडाइ

काठमाडौं, ३१ वैशाख-स्वास्थ्य मन्त्रालयले पत्रकारलाई प्रवेशमा कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोरोना संक्रमण जोखिमका कारण पत्रकारलाई प्रवेशमा कडाइ गरिएको बताए । तर, मन्त्रालयकाे सूचना बाहिरिएको भन्दै पत्रकारलाई...

नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा पन्त, महासचिबमा संजीव शर्मा कट्टेल

विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा ललित मोहन पन्त निर्वाचित भएका छन् । प्राप्त मतमरिणाम अनुसार ललितमोहन पन्तले ५४० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी डा रोभसकुसुम सुवेदीले ३६४ मत मात्रै प्राप्त...

सेनाको हेलिकाेप्टर लिएर सशस्त्र प्रहरी कालापानी जाँदै

काठमाडौं, २९ वैशाख-दार्चुलाको कालापानी सीमाक्षेत्रमा सशस्त्र प्रहरीको टोली जाने भएको छ । दार्चुलाको व्यास गाउँपालिका– १, छाङ्गरुमा सशस्त्रको आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर सशस्त्र प्रहरीको टोली बुधबारसम्ममा कालापानी सीमा सुरक्षाका लागि जान लागेको हो...

प्रचण्डले आफ्नैलाई दिए धोका, संकटमा माओवादी

काठमाडौं, माघ २५ । आफ्नै पार्टीभित्र समेत सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहासकै सवैभन्दा ठूलो...

नेपाल अग्रवाल युवा मञ्चले मनायो स्थापना दिवश

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० र्औ स्थापाना दिवश मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर विद्धाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर विद्धाआश्रमका अध्यक्ष...

१६५ भारतीय नागरिक लिएर फर्कियो एयर इण्डिया 

काठमाडौं, ७ जेठ-भारतले नेपालमा लकडाउनका कारण रोकिएका १ सय ६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौंबाट फिर्ता लगेको हो । यो चार्टर्ड...

प्रदेश १ मा परिक्षण घटेपछि संक्रमण दर पनि घट्यो, आज ४० संक्रमित थपिए

विराटनगर, १० पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ४१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेनबाट ३९९, इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका...

दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी, २५ असोज - दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्