रतुवामाईका कोरोना संक्रमित युवकको गाउँ सिल

 न्यूज विराट
रतुवामाईका कोरोना संक्रमित युवकको गाउँ सिल

विराटनगर, ६ जेठ-मोरङको रतुवामाई नगरपालिका–१ सोनापुरका १ युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको छ । नगरपालिकामा कोरोना भाइरस रोकथाम प्रतिकार्य र व्यवस्थापन कार्यदलको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि आगामी जेठ १० गतेसम्म वडा नम्बर १ को सोनापुर गाउँ सिल गर्ने निर्णय गरेको नगर प्रमुख रवीन राईले जानकारी दिए ।

उनले सो वडाको पूर्वमा भल्कुवा जंगल, पश्चिममा बक्राह खोला, उत्तरमा सोनापुर जाने कल्भर्ट र दक्षिणमा भारतसँग जोडिएको सीमासम्म आवत जावत पूर्णरुपमा बन्द गरिएको बताए ।

उनका अनुसार भारतबाट लुकिपिछि नेपाल आएका ती युवकको र्‍यापिड परीक्षण गर्दा पोजेटिभ देखिएपछि विराटनगरस्थित प्रादेशिक प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनको विराटनगर स्थित कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

उनी जेठ २ गते भारतको मुम्बईबाट नेपाल आएका थिए । ती युवकले नेपाल आएपछि परीक्षणअघि नै परिवार र स्थानीयसँग भेटघाट गरेको पाइएको छ । परिवारसहित सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको नगरप्रमुख राईले जानकारी दिए । उनले कोरोना संक्रमित युवक परिवारसहित १२ जनाको सम्र्कमा पुगेको पाइएकाले सवैको मंगलबार स्वाव संकलन गरिँदैछ ।

उनका अनुसार भारतबाट नेपाल आउनेका कारण कोरोना संक्रमणको जोखिम बढेपछी नगरक्षेत्रमा लक डाउन थप कडाइका साथ पालना गरिएको छ ।

सम्बन्धित समाचार

सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल 

काठमाडौं, १३ जेठ-आज बसेको सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री  सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेपछि बसेको सर्वदलीय बैठकमा संविधान संशोधनको बारेमा छलफल भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी...

रोटरी डाउनटाउनद्वारा विभिन्न ७ स्थानमा ट्युबेल वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विभिन्न स्थानमा ट्युबेल वितरण गरेको छ । आवश्यकता अनुसार ७ ओटा ट्युबवेलहरू जडान गरिएको क्लबले जनाएको छ । जसमध्ये ४ ओटा ट्युबवेल जहदा गाउँपालिकास्थित बुधनगर गाउँमा, एउटा गायत्री...

बडादसैँको मुख्य दिन आज: आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदै

काठमाडौँ, २९ असोज-(असोज २९ गते शुक्रबार प्रचारप्रसार गर्ने) नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे...

मोरङको धनपालथानस्थित उखुबारीमा हत्या प्रकारणःथप दुई जना पक्राउ

विराटनगर, २२ माघ । मोरङको धनपालथानस्थित उखुबारी र ललितपुरको धापाखेलमा तीन जनाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार हत्याका मुख्य योजनाकारसहित तीन ओरोपीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको...

प्रदेश १ मा बीओपीको संख्या ५१ पुग्यो, मोरङका थप तीन स्थानमा स्थापना

विराटनगर, ८ चैत । प्रदेश १ मा चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको सुरुवातसम्म २६ वटा बीओपीको संख्या थियो । त्यसलाई...

२ अर्ब बढीको मेडिकल सामग्री खरिद गरेको सेनालाई ढुवानी खर्च थप २५ करोड लाग्ने

नेपाली सेनाले मेडिकल सामग्री खरिदका लागि चीनको चिनियाँ सिनो फार्म इन्टरनेसनल कम्पनीसँग सम्झौता गरेको छ । चीनबाट ल्याउने भनिएको ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सिनो फार्मसँग सेनाले २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता...

सेन्ट्रल मलमा फिटनेसका लागि जुम्बा खुल्दै

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आउने भएको छ । दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा चाँडै संचालनमा आउने सेन्ट्रल मलका प्रबन्धक निर्देशक बिकास चौधरीले जानकारी दिए । सेन्ट्रल मलमा...

बथनाह–कटहरी रेल्वे मार्गको काम अन्तिम चरणमा

विराटनगर, ८ साउन । भारतको बथनाहदेखि विराटनगरसँगै जोडिएको मोरङको कटहरीसम्म रेल्वे मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रेल्वे मार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनका लागि तयार भएको छ । दुई मुलुकबीचको प्रशासनिक काम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्