खेलाडीहरुलाई सानो समूहमा प्रशिक्षण गर्न दिन प्रिमियर लिगका क्लबहरू सहमत

 न्यूज विराट
खेलाडीहरुलाई सानो समूहमा प्रशिक्षण गर्न दिन प्रिमियर लिगका क्लबहरू सहमत

एजेन्सी, जेठ ६-इंग्लिस प्रिमियर लिगका क्लबहरु सानो समूहमा खेलाडीहरुलाई प्रशिक्षण गर्न दिन सहमत भएका छन् । अब प्रिमियर लिगका खेलाडीहरुले ५ जनासम्मको समूहमा प्रशिक्षण गर्न पाउने भएपनि खेलाडीहरुबीच सम्पर्क भने हुन पाउने छैन ।

सम्पर्क बिनै सामाजिक दूरी कायम गरी पाँच खेलाडीसम्मको समूह बनाएर प्रशिक्षण गर्न गर्न क्लबहरु सहमत भएका हुन् । मंगलबारदेखि क्लबहरुले सानो समूहमा प्रशिक्षण सुरु गर्नेछन् । हालसम्म खेलाडीहरुले व्यक्तिगत प्रशिक्षण गर्दै आएका थिए ।

कोरोना भाइरसको महामारीका कारण १३ मार्चदेखि प्रिमियर लिगका खेलहरु रोकिएका छन् । बाँकी खेलहरु पूरा गर्नका लागि क्लबहरुबीच निरीक्षण, जिपिएस ट्रयाकिङ्ग, भिडियो एनालिसिससहितका विधिको प्रयोग गरेर क्बलहरुले स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालन गरे–नगरेको अनुगनम हुने छ ।

सोमबार २० क्लबबीच भएको बैठकमा यस्तो सहमति बनेको हो । आगामी १२ जुनदेखि खेल सुरु गर्ने तयारी रहेपनि केही ढिला हुने देखिएको छ । प्रिमियर लिगमा ९२ खेल बाँकी छन् ।

सम्बन्धित समाचार

बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य पाएँ:मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल र भारत मिलेर बुद्धको सन्देशलाई विश्वमा फैलाउनुपर्ने उनले बताए । लुम्बिनी भ्रमणमा आएका मोदीले...

कोरोनाको झुटो प्रचार गरे ६ महिना कैद

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको...

मायादेवी मन्दिरमा दैनिक पूजा

रूपन्देही, २१ वैशाख-गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । लुम्बिनी विकास कोषका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक...

आगामी महाधिवशेनमा सभापतिमा उठ्छु : काँग्रेस नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी...

तरकारी बेच्ने वडाध्यक्षको नयाँ तरिका

विश्वव्यापी महामारीरूपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणप्रति सजगत अपाउँदै जनकपुरधाममा एक वडाध्यक्षको पहलमा आफ्नो वडावासीलाई सहजरूपमा खाद्यान्न उपभोग्य वस्तु वितरण शुरु गरिएको छ । जनकपुरधाम वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको अगुवाइ तथा पहलमा आफ्ना वडावासीलाई दैनिक...

विराटनगरमा कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु

विराटनगर,  २४ असोज-कोरोना संक्रमणका कारण विराटनगरमा शनिबार थप दुई जनाको मृत्यु भएको छ । विराट मेडिकल कलेज र न्यूरो अस्पताल विराटनगरमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का  ६४...

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।...

इन्डोनेसिया भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

काठमाडौं, ३ माघ-इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापितसमेत भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्