मेयर पराजुलीले गरे वडा कार्यालय उद्घाटन

 न्यूज विराट
मेयर पराजुलीले गरे वडा कार्यालय उद्घाटन

विराटनगर, जेठ ५–विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले वडा नं. ११ को नव निर्मित कार्यालय भवनको सोमबार उद्घाटन गरेका छन् । मेयर पराजुलीले पिछरामा एक कठ्ठा नौ धुर जग्गामा ८५ लाख रुपैयाँको लागतमा निर्माण भएको वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । उक्त एक तल्ले भवनमा पाँच बटा कोठा निर्माण गरिएको छ ।

भवनको शिलन्यास २०७६ कात्तिक १ गते भएको थियो । भवन निर्माणका लागि तोकिएको समय भन्दा एक महिना अगाडि सम्पन्न भएको हो । उक्त भवनमा केही दिन भित्र माथिल्लो तल्लामा सभा हल लगायतका थप कोठा निर्माण गरिने वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिए।

वडा कार्यालय भवन उद्घाटन गर्दै मेयर पराजुलीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नगरले काम गरिरहेको जानकारी दिदै बन्दाबन्दीको पालना सहित सामाजिक दुरी कायम गर्न नगरबासीहरुसँग आग्रह गरे ।

वडाको सम्पूर्ण सेवाहरु सोमबारदेखी नयाँ भवनमा सञ्चालन हुने वडा सदस्य विमल पोखरेलले जानकारी दिए । यस अघि वडा कार्यालय रहेको भवन सानो भएकाले सेवाग्राहीको कार्य सञ्चालन गर्न समस्या उत्पन्न भएकाले वडाकै जग्गामा अर्को भवन निर्माण गरिएको हो ।

सम्बन्धित समाचार

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी प्रभु प्रसाद ढकाल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...

थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २६ माघ । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा थप २ हजार ४ सय १...

सिरहामा जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा

सिरहा, ३१ वैशाख । कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी...

‘यस कारण विद्यार्थीले राम्रो कलेज रोज्नुपर्छ’

विराटनगरस्थित शिक्षादीप कलेजका प्रन्सिपल हुन, ज्ञानबहादुर खड्का । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीको अथक प्रयासले मेडिकल र इन्जिनियरिङमा शिक्षादीप कलेज अग्रणी स्थानमा आउँछ । प्रत्येक वर्ष...

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार, काँग्रेसका चार मन्त्रीले लिए शपथ

विराटनगर । कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।यद्यपि...

सुलभको ‘हिस्ट्री’ खोतल्दै प्रहरी

काठमाडौं, ३ वैशाख-महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ ।२५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको २५ सदस्यीय वडा कमिटी गठन

विराटनगर, २४ भदौ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढिकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. २ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु : नरपथगञ्जसँग आर्मी स्तब्ध

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जलले विजय सुरूवात गरेको छ । विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्