ब्राजिलले संक्रमितको संख्यामा इटाली र स्पेनलाई उछिन्यो

 न्यूज विराट
ब्राजिलले संक्रमितको संख्यामा इटाली र स्पेनलाई उछिन्यो

एजेन्सी, जेठ ५ -दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो ।

पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको ब्राजिलको अवस्था भयावह बन्दै गएको हो । ब्राजिलभन्दा बढी अमेरिका, रुस र बेलायतमा संक्रमित रहेका छन् ।

ब्राजिलमा अहिलेसम्म २ लाख ४१ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ९४ हजार १ सय २२ जना संक्रमणमुक्त भएका छन् । ब्राजिलमा हालसम्म कोभिड- १९ बाट मृत्यु हुनेको संख्या १६ हजार १ सय १८ पुगेको छ ।

बेलायतमा २ लाख ४४ हजारभन्दा बढी, रुसमा २ लाख ८१ हजारभन्दा बढी तथा अमेरिकामा १४ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

स्पेनमा २ लाख ३० हजार तथा इटालीमा २ लाख २५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या भने ब्राजिलमा भन्दा स्पेन, इटाली, फ्रान्स, बेलायत र अमेरिकामा बढी रहेको छ ।

सम्बन्धित समाचार

विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियान सुरु

विराटनगर ÷ विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको...

संविधानमा स्पष्ट व्यवस्था नभएपनि परिस्थती अनुसार संसद विघटनः मन्त्री तम्बाहाम्फे

विराटनगर, २० पुस-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधानमा संसद विघटनको व्यवस्था रहेको भएपनि कसरी गर्ने भन्ने स्पष्ट नरहेको बताएकी छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले विगतमा भन्दा...

तेली समाजद्धारा एक सय बढीलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले समाजका एक सय बढी ब्यक्तीलाई सम्मान गरेको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । समाजले समुदाय भित्रका मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ शिक्षा, शिक्षा...

वित्तीय कारोबारलाई चलायमान राख्न जुट्यो राष्ट्र बैंक

काठमाडाैं, ४ वैशाख-कोरोनाका कारणा देश नै लकडाउनकाे अवस्थामा रहेकाे बेला कारोबार घट्न सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षित भएर सक्रिय रहन आग्रह गरेको छ । लकडाउनका कारण बैंकिङ कारोबार घट्नुका साथै बैंकिङ तथ्यांकको अभाव...

ग्रेडेड स्कुलमा विज्ञान र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा एक दिने विज्ञान तथा चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरभित्र शनिबार विज्ञान र चित्रकला प्रर्दशनी गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान...

जनतालाई गठबन्धन सरकारको अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, २४ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्ल‍ो १० दिनको अवधिमा आयल निगमले इन्धनको मूल्य दुई पटक बढाएको हो । यो अवधिमा मात्रै खाना पकाउने एलपी ग्यासको मूल्य १२५ रुपैयाँ...

विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुँदै, ८ वटा विद्यालयले भाग लिने

विराटनगर । विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुन लागेको हो । आयोजकले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १८...

कान्तिपुर कलेजमा आइटी एक्स्पो सुरु, पाँच सय बढी विद्यार्थी सहभागि

विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आइटी तथा क्यारियर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान सङ्कायका कम्प्युटर विज्ञान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्