जनकपुर, ४ जेठ-धनुषाबाट हतियारसहित २ युवक पक्राउ परेका छन् । उनीहरू जिल्लाको शहिदनगर नगरपालिका-३ झण्डा चौकबाट पक्राउ परको हुन् ।पक्राउ पर्नेमा कमला नगरपालिका ८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार शाह रहेका प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्तासमेत रहेका प्रहरी उपरिक्षक जयराज सापकोटाले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा ज.१२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलको पछाडि सवार कटुवा पेस्तोल १ थान र सोमा लाग्ने ३ राउण्ड गोलीसहित दुबै जनालाई पक्राउ गरिएको छ ।