भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रती आपत्ति प्रकट

 न्यूज विराट
भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रती आपत्ति प्रकट

काठमाडौं, जेठ ४–संघीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकामा आपत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले कूटनीतिक रूपमा खण्डन गर्नुपर्ने उनीहरुले माग गरे ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा समितिका सदस्य भीमबहादुर रावलले आफ्नो मन्तव्यको सुरुआतमै शुक्रबार भारतीय स्थल सेनाध्यक्ष नरवानेको अभिव्यक्तिको भर्त्सना गरे । ‘भारतीय सेनाध्यक्षले कालापानी र लिपुलेकबारे नेपाललाई कसैले उचाल्यो भनेका छन्, म त्यो भनाइको भत्र्सना गर्दछु,’ उनले भने । कालापानी र लिपुलेक नेपालको भूमि भएकाले सरकारले जसरी पनि त्यहाँबाट भारतीय सेना फिर्ता गराउनुपर्ने रावलले सरकारसँग माग गरे ।

समितिका अर्का सदस्य सुरेन्द्रकुमार कार्कीले भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर बेग्लै नक्सा जारी गरे पनि नेपालले उक्त भूभागसहितको नक्सा बनाउनुपर्ने बताए । ‘नक्सा छ महिनासम्म पनि बनाउन सकेका छैनौँ,’ उनले असन्तुष्टि व्यक्त गरे । हालै सरकारले कालापानीदेखि १२ किलोमिटर वरको गागाबगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट राखेकामा उनले प्रशंसा गरे । ‘२५र३० जना प्रहरी राख्दा पनि राम्रो सन्देश गएको छ,’ कार्कीले भने ।

यस्तै समितिका सदस्य डा. दीपकप्रकाश भट्टले भारत सरकारले आफ्ना स्थल सेनाध्यक्ष नरवानेलाई बोल्न लगाएकामा आपत्ति प्रकट गरे । ‘सेना प्रमुखलाई बोल्न लगाउनुको अर्थ धम्की हो,’ उनले भने, ‘नेपाल सरकारले यसको विरोध गरोस् ।’ सेना प्रमुखलाई बोल्न लगाउनु उचित नभएको उनको भनाइ थियो । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक गरेर झण्डै ४०० वर्ग किलोमिटर नेपालको भूमि अतिक्रमण गरेको सांसद भट्टले आरोप लगाए । नेपालले कूटनीतिक रूपमा समस्या समाधानका लागि चाँडो पहल गर्न उनले आग्रह गरे ।

सम्बन्धित समाचार

आयोगले भन्यो : मानव अधिकार उल्लंघन भए/नभएको अनुसन्धान गर्छौं

काठमाडौं, १८ वैशाख-सत्तारूढ दल नेकपा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै...

विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...

अन्तःशुल्कको स्टिकरसहित व्यापारी पक्राउ प्रकरण, १९ लाख ८८ हजार धरौटिमा रिहा

विराटनगर । एक पटक प्रयोग भइसकेको अन्तःशुल्कको स्टिकर पुनप्र्रयोग गरेर राज्यलाई कर छली गरेको आरोपमा पक्राउ परेका व्यापारी मोरङको धनपालथान गाउँपालिका – ४ का ४८ वर्षीय सुनीलकुमार राजवंशी झण्डै २० लाख रुपैयाँ धरौटिमा रिहा भएका...

प्रतिवन्धित लागुऔषध सहित ७ जना पक्राउ

विराटनगर, १७ माघ । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय...

मिल्स गोल्डकप, सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले...

राजस्व कार्यालयले भेटेन लक्ष्य

मोरङ, २५ कात्तिक-आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले एक अर्ब ९४ करोड ५२ लाख...

जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन

विराटनगर, २१ मंसिर । मोरङको रंगेली नगरपालिकाको शिक्षा ऐन २०७९ पारित भएको छ । बिहिबार सातौँ नगरसभाले शिक्षा ऐन पारित गरेको हो । सो ऐन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । सातौँ नगरसभामा मेयर दिलिप...

इन्द्रजित राजभण्डारीले पाए स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता

विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन् । अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्