आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

 न्यूज विराट
आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

काठमाडौं, ४ जेठ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पासकाे व्यवस्था गर्ने भएकाे छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा दर्ता भएका फर्म तथा कम्पनीलाई पुनः नयाँ पासको व्यवस्था गरिएको हो ।

दर्ता भएका फर्मले आफू सदस्य रहेको सम्बन्धित छाता संस्थाबाट प्रयोजन खुलाएर विभागमा निवेदन दिएपछि मात्र सवारी पास अनुमति दिने व्यवस्था गरिएको सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार अनुसार फर्म वा कम्पनीले नेपाल उद्योग वाणिज्य महासङ्घ, घरेलु तथा साना उद्योग व्यवसायी महासङ्घ, नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ् कमर्सबाट विभागले उपलब्ध गराएको ढाँचामा प्रयोजन खुलाएर निवेदन दिएपछि विभागले औचित्यका आधारमा व्यहोरा खोली आवश्यक सङ्ख्यामा नीलो रङ्गको पास जारी गर्नेछ ।

विभागले पालिकाले तोकेको समयमा वा समय नतोकेकामा बिहान र साँझ व्यावसायिक कारोबार सञ्चालनमा ल्याउने, कारोबार गर्दा मूल्यसूची राख्ने, बिलबीजक जारी गर्ने र म्याद गुज्रेका सामान अलगै राखी वितरकलाई नै फिर्ता गर्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

अब लकडाउनकै माझ चल्नेछन् यी सवारी साधन

काठमाडाैं, २६ वैशाख-सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेका छन् उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका...

श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...

लकडाउन लागू गराउन खटिएका प्रहरी हबल्दारको मृत्यु

राजविराज, २५ वैशाख-विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको...

विराटनगरको कपडा पसलमा आगजनी (फोटो फिचर)

विराटनगर । विराटनगर १५ अरुण सिनेमा हलछेउमा एउटा कपडाको पसलमा आगजनी भएको छ । आज दिउँसो सिरक र डस्नाको पसलमा आगजनी भएको हो ।अहिले विराटनगर महानगरपालिको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगजनी नियन्त्रण लिने प्रयास...

विराटनगरमा नेपाल र भारतका न्यूरो सर्जनको भेला, गरे एकापसमा अनुभव आदानप्रदान

विराटनगर । नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको विराटनगरमा भेला भएको छ । उक्त भेलामा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धि प्रयोगात्मक अभ्यास पनि गरिएको...

कञ्चनपुरमा कारागारको सुरक्षा जिम्मा सेनालाई

कञ्चनपुर, २६ जेठ-कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ । भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टाइनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टाइनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो १ असारदेखि सेनालाई कारागारको सुरक्षाको...

विराटनगरमा फरक क्षमता भएका व्यक्तिमाथि कुटपिट गरी लुटपाट, ९ दिनपछि पक्राउ

विराटनगर । फरक क्षमता भएका एक जना व्यक्तिलाई निर्घात कुटपिट गरेर लुटपाट गरेको आरोपमा विराटनगर महानगरपालिका–११ का २४ वर्षीय राजकुमार सहनीलाइ प्रहरीले पक्राउ गरेको छ ।विराटनगरमा शारीरिक रूपले फरक क्षमता भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई...

१ करोड ९ लाख भारतीय रुपैयाँ सहित २ जना पक्राउ

विराटनगर, बैशाख २३–विराटनगर भन्सार कार्यालयबाट एक करोड बढि भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको दार्जिलिङ, सिलिगढी गंगानगर वडा नं ५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै जिल्ला महजपुर,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्