
सुरु भयाे कक्षा १२ काे परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...
एजेन्सी, जेठ ४-कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण दुई महिनाभन्दा लामो समय रोकिएको जर्मन बुन्डेस लिगा पुनः सुरु भएको छ । कोरोना भाइरसका कारण करिब १० साता रोकिएका खेल शनिबाररातिबाट सुरु भएका हुन् ।
कोरोना भाइरसको महामारी कम हुँदै गएपछि पुनः सुरु भएको जर्मन बुन्डेस लिगा युरोपको सबैभन्दा ठूलो लिग हो । बन्द रंगशालामा भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डले एफसी शाल्केमाथि ४–० को प्रभावशाली जीत निकालेको छ ।
डर्टमुन्डको जितमा राफायल गेहेइरोले दुई तथा आर्लिङ ब्राउट होल्याण्ड र थोर्गन हजार्डले एक–एक गोल गरे । खेलको २९ औँ मिनेटमा गोल गर्दै होल्याण्डले डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाएका थिए । गेहेइरोले ४५ औँ मिनेटमा अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० ले अघि रहेको डर्टमुन्डका लागि दोस्रो हाफको ४८ औँ मिनेटमा हाजार्डले गोल गरे । गेहेइरोले ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमुण्डले ४–० ले विजयी भयो ।
डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा रंगशालामा खेलाडी र खेलपदाधिकारी बाहेक कोहि पनि थिएनन् । उपस्थित सबैलाई दुई मिटरको दूरीमा राखिएको थियो ।
जितपछि दोस्रो स्थानको डर्टमुन्डको २६ खेलबाट ५४ अंक भएको छ । एक खेल कम खेलेको बार्यन म्युनिक ५५ अंकसहित शीर्ष स्थानमा छ ।शनिबार राति नै भएको खेलमा बोरुसिया मोन्च्याङ्ग ग्लाडवाचले फ्र्यांकफर्टलाई ३–१, हेर्था बर्लिनले होफेनहेमलाई ३–० तथा वुल्फबर्गले अगस्बर्गलाई २–१ ले पराजित गरेको छ । आरबी लिप्जिग र फ्रेइबर्गले १–१ तथा डुसेलडोर्फ र पाडेर्बनले गोलरहित बराबरी खेलेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर अगाडी बढने बताएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार विराटनगरमा...
विराटनगर । मोरङको लेटाङ नगरपालिका – ९ स्थितमा रहेको तेली खोलाको निर्माणाधिन पुलमा दुर्घटनामा परी ओभरसियरको मृत्यु भएको छ ।को १ ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सुर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका(१४...
नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाको जनतामाझ भण्डाफोर गर्ने निर्णय गरेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्थालाई प्रोत्साहन गर्ने भएकाले त्यसविरुद्ध जनतामाझ जाने निर्णय भएको प्रमुख...
विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर ११ फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर १५ नम्बर वडालाई ३–१ गोलले हराउँदै विराटनगर ११ फाइनलमा पुगेको हो...
पोखरा, १० असार-निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्या श्रम मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापा नेतृत्वको टोली मंगलबार श्रम मन्त्रालय पुगेर कोभिड-१९ को महामारीमा फ्रन्टलाइनमा बसेर...
काठमाडौं, २५ जेठ-नवलपरासीमा गोली चलेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्ने सवारी चेकजाँच गर्ने क्रममा चेक पोष्टमा रहेका सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका-५...
एजेन्सी, माघ ३–भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्व विजेता कप्तान महेन्द्र सिंह धोनीलाई पहिलोपल्ट आफ्नो बार्षिक सम्झौताबाट बाहिर राखेको छ । बीसीसीआईले बिहीबार सार्वजनिक गरेको नयाँ सूची अनुसार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि सिनियर...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.