धोनी पहिलोपल्ट बीसीसीआईको सम्झौता बाहिर

 न्यूज विराट
धोनी पहिलोपल्ट बीसीसीआईको सम्झौता बाहिर

एजेन्सी, माघ ३–भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्व विजेता कप्तान महेन्द्र सिंह धोनीलाई पहिलोपल्ट आफ्नो बार्षिक सम्झौताबाट बाहिर राखेको छ । बीसीसीआईले बिहीबार सार्वजनिक गरेको नयाँ सूची अनुसार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि सिनियर टिमका २७ खेलाडीको वर्गीकरणमा धोनीको नाम समावेश छैन । ६ महिनाअघि एकदिवशीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएयता धोनीले भारतीय टिमबाट बिश्राम लिएका छन् ।

उनी राष्ट्रिय टिममा फर्कने सम्बन्धमा आफैंले पनि निर्णय नलिएका बेला बीसीसीआईको यो वर्गीकरण सार्वजनिक भएको हो । अघिल्लो वर्षको वर्गीकरणमा धोनी ‘ए’ क्याटागोरीमा परेका थिए । पछिल्लो वर्गीकरणमा राष्ट्रिय टिमबाट खेल्ने खेलाडीलाई चार क्याटागोरीमा विभाजन गरिएको छ । कप्तान विराट कोहली, शीर्ष ब्याट्सम्यान रोहित शर्मा र फाष्ट बलर जसप्रित बुमराह गरी तीन खेलाडी ‘ए’ प्लस क्याटागोरीमा छन् । उनीहरुले बार्षिक ७ करोड भारु पारिश्रमिक पाउनेछन् ।

‘ए’ क्याटागोरीमा रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिंक्या राहणे, केएल राहुल, शिखर धवन, मोहम्मद सामी, इशान्त शर्मा, कुलदीप यादव र ऋषभ पन्त गरी ११ खेलाडी समावेश छन् । उनीहरुले वार्षिक ५ करोड भारु पारिश्रमिक पाउनेछन् । त्यस्तै ‘बी’ क्याटागोरीमा ऋद्धिमान शाह, उमेश यादव, युजवेन्द्र चहल, हार्दिक पन्ड्या र मयंक अग्रवाल गरी ५ खेलाडी समावेश छन् ।

उनीहरुले वार्षिक ३ करोड भारु पारिश्रमिक पाउनेछन् । चौथो वरियता अर्थात ‘सी’ क्याटागोरीमा केदार जादव, नवदीप सैनी, दीपक चहर, मनिष पान्डे, हनुमा बिहारी र सार्दुल ठाकुर, श्रीयाश आयर र वाशिंटन सुन्दर गरी ८ खेलाडी छन् । उनीहरुले वार्षिक १ करोड भारु पारिश्रमिक पाउनेछन् ।

सम्बन्धित समाचार

अर्किंड र सरस्वती फाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र सरस्वती स्कुल विजयी हुँदै फाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्किड स्कुलले न्यू...

१४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट सुरू भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट सुरु भएको हो । उक्त प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन कोशी...

घुसपैठ गर्न आएको अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो

एजेन्सी, जेठ १७-चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको...

अरनिको कलेजले जित्यो हिसान क्रिकेटको चौथो उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ । अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको...

नेपालले जित्यो टी-२० शृङ्खलाको उपाधि

काठमाडौं, २१ चैत । दीपेन्द्रसिंह ऐरीकाे उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । टस हारेर पहिलो...

अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई चीनले दियो चेतावनी

एजेन्सी, जेठ २८-चीनले अस्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई आगामी दिनमा ‘नस्लवादी हमला’ को सामना गर्नुपर्ने अवस्था आउने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । चीनको शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशका विद्यार्थीलाई सचेत गराएको...

अन्तर्राष्ट्रिय शृंखला: कतारविरुद्धको अन्तिम टी-२० आज

काठमाडौं । एक खेल अगावै शृंखलाल आफ्नो पक्षमा पारेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल खेल्दै छ । नेपाली समयअनुसार दिउँसो ३: ४५ बजे कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप सुरु, उद्घाटनमा हाम्रो भेट्रान्स र कन्काई भेट्रान्स विजय

विराटनगर । विराटनगर – कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।मिल्स भेट्रान्स क्लब रानी विराटनगरको आयोजनामा विराटनगर जुट मिल खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।उद्घाटन दिनका खेलहरूमा हाम्रो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्