काठमाडौं, ३ जेठ-नेपाली सेनाले चीनबाट १० ट्रक स्वास्थ्य सामान ल्याएको छ । तातोपानी नाकाबाट १० ट्रक सामान लिएर शनिबार काठमाडौंतर्फ हिँडेको भन्सार विभागले जनाएको छ ।
सेनाले डिस्पोजेबल गाउन र पीपीई रहेका छन् । भन्सार विभाग स्रोतका अनुसार सेनाले ल्याएको सामानमा १२ हजार डिस्पोजेबल गाउन रहेका छन् भने २७ हजार पीपीई रहेका छन् ।
समयमै स्वास्थ्य सामग्री खरिद नभएको र खरिदको क्रममा अनियमितता भएको भन्दै विरोध भएपछि सरकारले सुरुवातमा जिटुजी प्रकियाबाट स्वास्थ्य सामग्री खरिदको निर्णय लिएको थियो । पुन: सरकारले खरिद नगरी नेपाली सेनालाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिइएको छ ।
नेपालमा कोरोफना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा सरकारले स्वास्थ्य सामग्री आयत तथा सुरक्षा सामग्री बढाउन केन्द्रित भएको छ ।