भारतमा कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० पुग्यो

 न्यूज विराट
भारतमा कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० पुग्यो

काठमाडौं, ३ जेठ-गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा शुक्रबार एकै दिनमा १०३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या २ हजार ७५२ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३० हजार १५२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल ५३ हजार ३५ जना संक्रमित अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र २९ हजार १०० नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा कोभिड-१९ संक्रमणका ४० प्रतिशत महाराष्ट्रका नागरिक रहेका छन् । महाराष्ट्रमा ६ हजार ५६४ व्यक्ति  निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६८ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ १० हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्  । गुजरातमा ९ हजार ९३१ संक्रमति रहेका छन् ।  दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार ९३१ पुगेको छ ।

सम्बन्धित समाचार

भारतको विरोधमा उत्रिएका २५ जना बढी सामाजिक अभियन्ता पक्राउ

काठमाडाैं, २९ वैशाख-प्रहरीले २५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । भारतको उत्तराखण्ड पिथौरागढ जिल्लाको गर्वाधारहुँदै चीनको मानसरोवर जाने सडकको विरोधमा उत्रिएका सामाजिक अभियन्ता द्वारिकलाल ढुंगेलसहित २५ जना पक्राउ परेका हुन् । भारतले नेपालको कालापानी भूमि...

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड

रुपन्देही, १ असार-प्रदेश ५ ले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि चालूको...

पत्रकार पाठक झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट सम्मानित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन बाललिकालाई गुणस्तर शिक्षा दिनु आवश्यक रहेको बताउनु भएकोछ।नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरङ ग्रामथान गाउँपालिका–२ द्वारा शुक्रवार झोराहाटमा आयोजित झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट...

एसईई परीक्षाको मिति तोकिएको हल्ला मात्रै

काठमाडौं, १९ चैत-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको...

‘कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ’

भक्तपुर, ६ वैशाख-सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...

उज्वेकिस्तानले खसाल्यो अफगान सैन्य विमान

एजेन्सी, १ भदौ । उज्वेकिस्तानले अफगानिस्तानको एक सैन्य विमान खसालेको छ । उज्वेकिस्तानको रक्षा मन्त्रालयले सीमा उल्लंघन गरेको अफगान सैन्य विमानलाई खसालेको जनाएको हो । उक्त विमानमा कति सवार थिए र उनीहरूको अवस्था कस्तो छ...

सर्वोच्चले भन्योः लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू

काठमाडौं, २९ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी...

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

महोत्तरी, १९ कात्तिक-दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्