मृगको मासु भाग लगाइरहेका ७ जना पक्राउ  

 न्यूज विराट
मृगको मासु भाग लगाइरहेका ७ जना पक्राउ  

गोरखा, ३ जेठ-गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारबाट मृगको सिकार गरेको आरोपमा ७ जना पक्राउ परको छन् । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर भइ सिउरेनीटार बस्दै आएका इन्द्रजित ओली रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।

शुक्रबार पक्राउ परेकाहरूले रतुवा मृग सिकार गरेको पाइएको उनले बताए । जङ्गलबाट मृगको सिकार गरी घरमा ल्याएर मासु काटेर भागभण्डा गरिरहेको अवस्थामा स्थानीयवासी खुमबहादुर माझीलाई गत आइतबार मासुसहित प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यलाई बुझाएको थियो भने अन्य भागेका थिए ।

घटनामा संलग्नहरूको खोजी गर्दै जाँदा उनीहरू सबै पक्राउ परेको प्रमुख पौड्यालले बताए । ‘माझीलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न थप ६ जनाको पहिचान भएपछि उनीहरूलाई पनि पक्राउ गरिएको हो’ उनले भने, ‘पक्राउ परेका सबै मृगको सिकार गर्न सहभागी भएको पाइएको छ ।’

पक्राउ परेकाहरू माथि वन ऐन अनुसारको वन्यजन्तु अवैध सिकार गरेको कसुरमा मुद्दा दर्ता गर्ने गरी अनुसन्धान अघि बढाइने प्रमुख पौड्यालले बताए ।

सम्बन्धित समाचार

लकडाउनमा प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी 

काठमाडौं, २९ जेठ-गृह मन्त्रालयले लकडाउन विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो काम रोक्न अनुरोध गरेको छ । आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले लकडाउन आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण...

मोरङको रंगेलीमा एमाले उम्मेदवार दिलिप बगडीयाको अग्रता, गठबन्धनका घिमिरे पछिपछि

विराटनगर, ३१ वैशाख । मोरङको रंगेली नगरपालिकामा पनि एमालेले अग्रता कायम गरेको छ । हालसम्मको मतगणनामा एमालेका उम्मेदवार दिलिप बगडीया ४८० मतसहित अग्रस्थानमा छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसले मोदराज धिमिरेले ३७३...

सर्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै...

अग्रवाललाई दिएको सुविधा खोसियो

किर्गिस्तानका अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको सुविधा खोसपएको छ ।परराष्ट्र मन्त्रालयले उनले पाउँदै आएको निलो प्लेट र झण्डा राख्ने सुविधा तत्काललाई खोसिएको जानकारी गराएको छ । अग्रवाल थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ...

प्याब्सन स्पोर्टस् मिट : फुटबलको उपाधि सनरे स्कुललाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुलले जुनियरतर्फ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा सुन्दरहरैचाको सिदार्थ स्कुललाई २–० गोलले हराउँद सनरेले फुटबलको उपाधि जितेको हो ।...

मुख्यमन्त्री राईसँग मन्त्रीहरूको कार्यसम्पाद सम्झौता

विराटनगर,  १६ असोज-प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला...

मिस्टर एण्ड मिस राजवंशी हुने, पहिलो अडिसन फागुन ९ गते

विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी–२०७९ प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो अडिसन फागुन ९ गते हुने जानकारी गराएको...

जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन

विराटनगर, २१ मंसिर । मोरङको रंगेली नगरपालिकाको शिक्षा ऐन २०७९ पारित भएको छ । बिहिबार सातौँ नगरसभाले शिक्षा ऐन पारित गरेको हो । सो ऐन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । सातौँ नगरसभामा मेयर दिलिप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्