तुलसीपुरका कोरोना संक्रमित युवक टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

 न्यूज विराट
तुलसीपुरका कोरोना संक्रमित युवक टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

काठमाडौं, जेठ ३-दाङ स्थायी ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका-७ घर भएका ३४ वर्षीय संक्रमित ति पुरुष काठमाडौंमै रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

ति स्वास्थ्यकर्मीलाई बिरामीको उपचारका क्रममा संक्रमण भएको आशंका गरिएको छ । केही दिनअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ सार्वजनिक सूचना जारी गर्दै दाङको तुलसीपुर उपमहानगरपालिका-७ मा १ र गढवा गाउँपालिका-४ र ५ मा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।

सम्बन्धित समाचार

नेकपाभित्रको विवादबारे मुख खोले महराले

काठमाडौं, १७ वैशाख-पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवादबारे पहिलोपटक मुख खोलेका छन् ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहँदा मौन रहँदै आएका महराले विज्ञप्ति जारी गरेर दलहरुबीच आन्तरिक एकता कायम गरी संवाद, सहमति...

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा १० लाखको दाबी भुक्तानी

विराटनगर । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनिको विराटनर शाखामा बिमा गरेका कटहरी गाउपालिका ४ का नरेश कुमार कामतका आमा जिन्दा देबि कामतलाई १० लाख ४६ हजार रुपैया दाबी...

कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले मुख्यमन्त्रीबाट राजीनामा दिए : हिक्मत कार्की

विराटनगर । पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको...

एक महिनापछि खुल्यो काँकडभिट्टा नाका

भद्रपुर, २७ वैशाख-झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक...

सुनौलो अवसर युवा क्लब विराटनगरद्वारा विपन्न परिवारलाई राहत वितरण

विराटनगर, १४ असार । सुनौलो अवसर युवा क्लब विराटनगरले १ सय ५० परिवारलाई राहत वितरण गरेको छ । सो युवा क्लबले महानगरपालिकाको सिमान्त विभिन्न वडाका समस्यामा रहेका बासिन्दाहरुलाई खाद्यान्न वितरण गरेको हो । प्रदेशसभा सदस्य...

कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, आज थप ११६ संक्रमण पुष्टि

काठमाडौं, ३० असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ । मंगलबारको कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिलो २४ घण्टामा ११६ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या...

पोखरीयालाई हराउँदै एसईई कपको उपाधि सहिद स्मृती स्कुललाई

विराटनगर । एसईई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको तरहरास्थित सहिद स्मृती आवासीय माबिले जितेको छ ।पोखरिया युथ केयर एकेडेमीको आयोजनामा विराटनगरको सहिद मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको पोखरीया...

प्रदेश १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेशभरी ८४ जना संक्रमित

विराटनगर, जेठ ८–प्रदेश नं. १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाकै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका १७ वर्षीय, १८ वर्षीय दुई जना, २० वर्षीय दुई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्