२७औँ मदन-आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने ओली-प्रचण्डको प्रतिवद्धता

 न्यूज विराट
२७औँ मदन-आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने ओली-प्रचण्डको प्रतिवद्धता

काठमाडौं, जेठ ३-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका २ प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका छन् ।

मदन–आश्रितको २७औँ स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘२ कम्युनिस्ट पार्टीबीचको एकीकरण नेपाली राजनीतिको सामान्य परिघटना थिएन ।’

‘ठूलो पार्टी बनाउने प्राविधिक विषय मात्र होइन, कम्युनिस्ट आन्दोलनको टुटेको कडीलाई जोड्दै सशक्त कम्युनिस्ट पार्टी निर्माण र मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई श्रमजीवी जनताको पक्षमा अनुकूल बनाउने पहलकदमी पनि हो’ अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, ‘देशभक्त शक्तिहरूको एकतालाई अझ सशक्त बनाउने र जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधारशीला निर्माण गर्ने ऐतिहासिक कदम हो ।’

उनीहरूले नेकपाको पार्टी एकतालाई जनताले अनुमोदनसमेत गरेको चर्चा गर्दै सामाजिक–आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको ऐतिहासिक जनादेश नेकपालाई प्राप्त भएको स्पष्ट पारेका छन् । अध्यक्षद्वयले दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका सामन्तवादका अवशेषहरूलाई समाप्त गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्ने विषयलाई तात्कालिक कार्यभारका रूपमा तय गर्दै तिनलाई कार्यान्वयन गर्न पार्टी नेतृत्व केन्द्रित रहेको समेत स्पष्ट पारिएको छ । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘स्वस्थ छलफलमा आधारित उन्नत वैचारिक एकता, स्वअनुशासनमा आधारित उन्नत सङ्गठनात्मक एकता र उच्च संस्कारयुक्त, भावनात्मक एवं कमरेडली सम्बन्धले मात्रै यो ऐतिहासिक दायित्व पूरा गर्न सकिन्छ ।’

मदन-आश्रित स्मृति दिवसकै दिन पारेर २ वर्षअघि जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा गरिएको थियो । पार्टी एकताको वैचारिक, राजनीतिक जगका रूपमा माक्र्सवाद-लेनिनवादको मार्गदर्शनलाई लिइएको र रणनीतिक लक्ष्यका रूपमा वैज्ञानिक समाजवाद रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास गरी तात्कालिक कार्यक्रमका रूपमा जनताको जनवादलाई अगाडि सारिएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनले विभाजन र एकताका अनेकौँ शृङ्खला पार गर्दै आउने क्रममा शान्तिपूर्ण जनआन्दोलन, संसदीय सङ्घर्ष र जनयुद्धको बाटोबाट अघि बढेको चर्चा विज्ञप्तिमा गरिएको छ । ‘एमाले र माओवादीको पहलकदमी र वैचारिक नेतृत्वमा २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिबाट राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘जसबाट सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिहरू हासिल भएको छ ।’

‘संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाजप्रति प्रतिबद्ध छौँ’ विज्ञप्तिमा उल्लेख छ, ‘बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा नेकपा प्रतिबद्ध छ ।’

पार्टीले जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्ने तात्कालिक लक्ष्य निर्धारण गरेको छ । राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्ने विषयलाई समेत प्रमुखताका साथ निर्धारण गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थुप्रै कठिनाइ र सीमाका बाबजुद पनि उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख छ । पार्टीको सङ्गठनात्मक एकीकरण आधारभूत रूपमा सम्पन्न गरिएको चर्चा गर्दै पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्दै एकता महाधिवेशनको तयारी गर्ने योजना कोरोना भाइरस (कोभिड-१९) का कारण प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अब पनि एकीकरणका बाँकी कामहरूलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्नमा केन्द्रित गर्नु आवश्यक छ ।’ स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितप्रति उनीहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

 ३ जेठ २०५० मा त्रिशूलीमा भएको जीप दुर्घटनामा मदन–आश्रितको मृत्यु भएको थियो । सो घटनालाई नेकपाले रहस्यमय घटनाका रूपमा लिएको छ । विज्ञप्तिमा मदन–आश्रितको रहस्यमय घटनाको यथार्थ सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

पहिरोले भीमफेदी-कुलेखानी सडक अवरुद्ध

हेटौंडा, २४ जेठ-शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौंडादेखि काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी गाउँपालिका-६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक...

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं, ४ फागुन । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा...

मोरङको सुनवर्षीमा सुतेकै ठाउँमा मृत भेटिए २८ वर्षे युवक

विराटनगर, २ वैशाख । मोरङमा  २८ वर्षे एक युवक सुतेकै ठाउँमा मृत भेटिएका छन् । सुनवर्षी नगरपालिका-६ स्थित हरि राजवंशीकाे घरमा सुतेका तीर्थ निरौला बिहीबार राति ९ः२५ बजे मृत फेला परेका प्रहरीले जनाएकाे छ । माेरङ प्रहरीका...

प्रचण्ड-नेपाल समूहको आमहड्तालका कारण परीक्षा रोकिँदैन : त्रिवि

त्रिभुवन विश्वविद्यालयले आमहड्तालका कारण परीक्षा नरोकिने स्पष्ट पारेको छ । नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्ताल घोषणा गरेपछि त्रिविले परीक्षा नरोकिने बताएको हो । ‘आमहड्तालले परीक्षा रोकिँदैन । आमहड्ताल घोषणा गरेको पक्षबाट परीक्षालाई असर नपार्ने भन्नु...

वामदेव गौतम आधिकारिक नेकपामा जाने

सत्तारुढ नेकपा विभाजन भई बालुवाटार र बबरमहलमा दुई पक्षमा केन्द्रीय कमिटी बैठक चलिरहँदा उपाध्यक्ष वामदेव गौतम भने भैँसेपार्टीस्थित निवासमै छन् । आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले दुवै बैठकमा जान अस्वीकार गरेका हुन् ।...

कोरोनाको असर खनिज तेलमा : प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति

ओपेक, रसिया र अरू तेल उत्पादक राष्ट्रहरूबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो । कोरोनाभाइरसको महामारीका...

विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

विराटनगर, १८ भदौ-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २÷२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक...

सप्तरीमा ४८१ संक्रमित निको भएर घर फर्किए

राजविराज, ४ भदौ-सप्तरीमा बिहीबारसम्म ४ सय बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ४८१ जना संक्रमित निको भएर घर फर्किएका हुन् । सप्तरीको १८ वटै स्थानीय तहमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्