काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण तथा संचालन गर्ने कार्यक्रम रहेको बताएकी हुन् ।
उनले शिक्षाको गुणस्तर बढाइने बताएकी छन् । नयाँ प्रविधि र ज्ञानको विस्तार गरिने बताइने पनि बताएकी छन् । सार्वजनिक विद्यालयलेलाई गुणस्तरीय ज्ञानको केन्द्र बनाइने राष्ट्रपतिले उल्लेख गरेकी छन् ।
साथै सरकारले आगामी आर्थिक वर्षभित्रमा नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ । राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षमा नेपाललाई पूर्ण साक्षर राष्ट्र बनाउन लागिएको बताएकी हुन् ।