पास नलिइ आउने प्रदेशसभा सदस्यलाई फर्काइयो

 न्यूज विराट
पास नलिइ आउने प्रदेशसभा सदस्यलाई फर्काइयो

चितवन, २ जेठ-कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ । जिल्लाका चोक-चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ । अत्यावश्यक सवारी साधन मात्र चलेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार नारायणी पुलबाट एक प्रदेशसभा सदस्यलाई समेत फिर्ता गरिएको छ । सवारी अनुमतिपत्र नलिइ आएका उनलाई सम्झाएर पठाइएको हो । ‘अत्यावश्यकबाहेक कसैलाई पनि जिल्ला छिर्न दिइएको छैन’ उनले भने ।

यसै जिल्ला हुँदै राजधानी प्रवेश र बाहिरिनेको सङ्ख्या बढी हुने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार भीडभाड नगरी बैंक सञ्चालन गर्न दिइएको छ ।

भीड भएका बैंक तत्काल बन्द गर्न लगाइएको छ । दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकारका सवारी साधन चलेका छन् । औषधि, दूध, तरकारी र खाद्यान्न ढुवानीका सवारीसाधनलाई मात्र चल्न दिइएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

माधवलाई शंकरको जवाफ- पार्टी एकताको सहमति भए भ्याकेटको औचित्य रहँदैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकतामा सहमति भए भ्याकेटको औचित्य नरहने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेर पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएलगत्तै...

मोरङ २ मा सुजता कोइराला ४ मतले अघि

विराटनगर । मोरङको क्षेत्र नं. २ मा काँग्रेसकी सुजता कोइराला झिनो मतअन्तरले अग्रता लिएकी छिन् । कोइरालाले ३ हजार ५२६ मत ल्याएर अग्रता लिएकी छिन् । उनले एमालेका ऋषीकेश पोखरेललाई ४ मतले अग्रता लिएकी हुन्...

आज जनैपूर्णिमा तथा रक्षा बन्धन

काठमाडौं, ६ भदौ । आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि...

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा प्रदेश १ सरकारले ५० लाख दिने घोषणा

विराटनगर, चैत २५-कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए प्रदेश १ सरकारले ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका...

सप्तरीका सङ्क्रमितमा पनि लक्षण देखिन थाल्यो

सप्तरी, १२ साउन-सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरू हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा...

२ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, अमेरिकामा एकै दिनमा १९ हजार संक्रमित बढे

युरोपेली देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको दर अत्यधिक बढेको छ । इटालीमा संक्रमित र मृत्युदर रोक्न समस्या परेको छ । त्यहाँ हालसम्म १० हजार २३ जनाकाे कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये एक दिनमा...

मुख्यमन्त्री कार्कीले क्षमायाचना नगरे आन्दोलन गर्ने चार कर्मचारी संगठनको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की दिएको अभियुक्तको क्षमायाचना नगरे आन्दोलन गर्ने चार कर्मचारी संगठनले घोषणा गरेका छन् । राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चारवटा संगठनले मुख्यमन्त्री कार्कीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्