बुटवल, २ जेठ-प्रदेश-५ का कोनाना संक्रमितको संख्या १ सय नाघेको छ । शुक्रबार विहान सार्वजनिक भएको संक्रमणमा बाँकेका थप ८ जनामा कोरोना पुष्टि भएसँगै यो प्रदेशमा कुल संक्रमितको संख्या १ सय २ पुगेको हो ।
१ सय २ जनामध्ये १ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । शुक्रबार बाँके नरैनापुर गाउपलिकाका-१, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।
संक्रमित सबै जना १० दिनअघि भारतबाट नेपाल आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले शिलापत्रलाई जानकारी दिए । उनीहरूको बाँकी कन्ट्याक्ट ट्रेसिङ भइरहेको उनको भनाई छ । उनीहरू लुकेर नेपाल प्रवेश गरेको थाहा पाएपछि गाउँपालिकाले तयार गरेको २ वटा क्वारेन्टाइनमा राखिएको उनले बताए । योसँगै बाँकेमा कुल संक्रमितको संख्या ३३ पुगेको छ ।
त्यस्तै, प्रदेश-५ मा कपिलवस्तुमा सबैभन्दा धेरै संक्रमित छन् । त्यहाँ ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै रुपन्देहीमा २८, बर्दिया र नवलपरासीमा १/१ संक्रमित रहेका छन् ।