एजेन्सी, जेठ १-अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाख बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो २ महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये झण्डै ३० लाखले पछिल्लो १ हप्तामा मात्रै फाराम भरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
बेरोजगार भत्ताको दाबी गर्नेहरूको संख्या बढ्दै गएपछि सरकारले केही राज्यहरूमा व्यापारिक तथा व्यावसायिक गतिविधिलाई पुनः सञ्चालन गर्न अनुमति दिएको छ । कोरोनाको सङ्क्रमण फैलिन थालेपछि अहिले लाखौँ मानिसले अमेरिकामा रोजगारी गुमाएको श्रम विभागले बिहीबार जनाएको छ ।