प्रदेश १ मा १२ हजारको कोरोना परिक्षण

 न्यूज विराट
प्रदेश १ मा १२ हजारको कोरोना परिक्षण

विराटनगर, जेठ १–प्रदेश १ मा करिब १२ हजारको कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ ।

त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा ३५ जनामा कोरोना पुष्टि भएको छ भने १७ जना उपचारपछि घर फर्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले कोरोना परीक्षणलाई तिब्रता दिएको छ । प्रदेश १ मा ३ ठाउँबाट पिसिआर बिधिबाट कोरोना परीक्षण भइरहेको छ । सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ ।

खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्याब्सन विराट कप : अपर्ण, मोर्डन एरा, डनबस्कोे, सेन्टजोसेफ र मदरल्याण्ड विजयी

विराटनगर । विराटनगरका पाँच वटा स्कुल जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विजयी भएका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा अपर्ण, मोर्डन एरा, डनबस्को, सेन्टजोसेफ र मदरल्याण्ड...

बीएलएस र एसीयलएस’ तालिमको लागि न्यूरो र सेमाबीच सम्झौता

विराटनगर । ‘बीएलएस र एसीयलएस’ तालिमको लागि न्युरो हस्पिटल र सेन्टर फर इमर्जेन्सी मेडिकल एडभान्समेन्ट (सेमा) बीच सम्झौता भएको छ । आगमि दिनमा उक्त तालिमको लागि दुई पक्षबीच सहमति भएको हो । सेमा र न्यूरोबीच...

सबै अन्तर्राष्ट्रिय उडान स्थगित

सरकारले ९ दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान सथगन गर्ने निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण विश्‍वभर फैलिएको अवस्थामा ९ चैतदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय लिएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको...

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

काठमाडौं, २० असार-ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । सरकारले...

सुनसरीको दुहबीमा निःशुल्क भिआइए जाँच शिविर , ५५ जनाले गराए स्वास्थ्य परीक्षण

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको सुनापुरमा निःशुल्क भिआइए विधि द्धारा पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर आयोजना गरेको छ । दुहबी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसन नेपाल र फिमेल क्यान्सर फाउण्डेसन, नेदरल्याण्ड्सको सहयोगमा सीसीएसपी तालिम प्राप्त स्वास्थ्यकर्मीहरुका...

एमसिसी नेपालको हितमा छ :अध्यक्ष थापा

काठमाडौं, फागुन ६–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै...

राससले सक्षम र क्रियाशिल रुपमा समाचार उत्पादन गर्नुपर्छ : मन्त्री कार्की

विराटनगर, फागुन ७–प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचार समिति(रासस)लाई सक्षम बनाई क्रियाशिल रुपमा समाचार उत्पादन गर्नु पर्ने बताएका छन् । रासस प्रदेश १ को कार्यालय विराटनगरमा आयोजित राष्ट्रिय समाचार समितिको...

हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा रोक

एजेन्सी, असार ४-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारका लागि मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा पुनः रोक लगाएको छ । यसअघि द लानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ का बिरामीका लागि फाइदाजनक नरहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्