पुनर्स्थापना केन्द्रलाइ खाद्यान्न वितरण

 न्यूज विराट
पुनर्स्थापना केन्द्रलाइ खाद्यान्न वितरण

विराटनगर, जेठ १–रिकभरिंग नेपालले प्रदेश १ का लागू औषध पुनर्स्थापना केन्द्रलाइ खाद्यान्न वितरण गरेको छ । कोरोेना भाइरस संक्रमणका कारण जारी लकडाउनले आर्थिक संकटमा परेका झापा ,मोरंग र सुनसरीमा सञ्चालित २२ वटा पुनर्स्थापना केन्द्रलाइ खाद्यान्न लगायतका सामाग्री प्रदान गरिएको रिकभरिंग नेपालका केन्द्रिय उपाध्यक्ष दीपक चापागाईले जानकारी दिए ।

ती पुनर्स्थापना केन्द्रमा एक हजार भन्दा बढी व्यक्तिहरु रहेको बताइएको छ । ती संस्थालाइ ३ हजार ६ सय केजी चामल ६ सय केजी दाल, ६ सय केजी हरियो मटर , ३ सय लिटर खाने तेल, नुन र साबुन उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचार

घरबाट मोबाईल चोरी गरि भागेका २ जना पक्राउ

विराटनगर, साउन –मोबाईल चोर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर १३ स्थित सैनिक टोलको एक घरबाट मोबाईल चोरी गरि भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले सप्तरी...

कोरोना नियन्त्रणमा प्रदेश २ गैरजिम्मेवार भएको प्रभु शाहको आरोप

काठमाडौं, २९ चैत-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश-२ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश २ सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले...

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ, स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोप

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ परेका छन् । ५ हजार पर्ने थर्मोमिटरलाई १५ हजारमा बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल...

भक्तपुरका ७ र काठमाडौं १ जनामा कोरोना पुष्टि

काठमाडौं, ६ असार-शनिबार काठमाडौं उपत्यकाका ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

‘अब गियर चेन्ज’ गरेर सरकारले अघि बढ्छ : मन्त्री शर्मा

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री शर्माले तत्काल सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको भन्दै वर्तमान सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढंगले ‘गियर चेन्ज’ गरेर अगाडि बढ्ने बताएकी छिन् ।...

प्रदेश १ मा बजेट अधिवेशन सुरू

विराटनगर, जेठ १४-प्रदेश १ को बजेट अधिवेशन सुरू भएको छ । आजदेखि  सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले  धारणा राखेका छन् । संसदलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन...

शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

काठमाडौं, २ असार-शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

विराटनगरको दिलावर फार्मेशी बदमासी रोकिएन, औषधीको अनुचित भण्डारन गरेपछि डिडिएले गर्यो शिलबन्दी

विराटनगर । विराटनगरको न्यूरो हस्पिटल चोकमा रहेको दिलावर फार्मेशीले विरामीलाई खुल्लेआम ठगी गर्दै आएको घटना सेलाउन नपाउँदै औषधीको अनुचित प्रयोगको लागि ‘ट्रामाडोल’ इन्जेक्सन भण्डारन गरेको पाइएपछि शिलबन्दी गरिएको छ । औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्