१ मार्चभन्दा अघि भिसा सकिएर लागेका जरिमाना दुबईले गर्‍याे मिनाहा

 न्यूज विराट
१ मार्चभन्दा अघि भिसा सकिएर लागेका जरिमाना दुबईले गर्‍याे मिनाहा

काठमाडाैं, १ जेठ-यूएई सरकारले भिजिट र इम्प्लोइमेन्ट सबै किसिमका भिसामा लागेको जरिमाना (फाइन)हरू मिनाहा गरेको छ । पहिले १ मार्चयता लागेको फाइन मात्र मिनाहा गरेको थियो भने पछिल्लो निर्णयले १ मार्चभन्दा अघि भिसा सकिएर लागेका फाइनहरू पनि मिनाहा भएको छ ।

साथै, इमिरेट्स आईडी कार्ड र लेबर कार्ड (वर्क पर्मिट) मा लागेको जरिमाना पनि मिनाहा भएको छ । जरिमाना मिनाहा हुनेहरूले आगामी १८ मेदेखि ३ महिनाभित्र दुबई छाडिसक्नुपर्नेछ । यसरी गएकाहरूले अवस्था सामान्य भएपछि कुनै पनि बेला आउन पाउनेछन् ।

यो निर्णयले लामो समयदेखि यूएईमा अवैधानिक रूपमा बसेर काम गरिरहेकाहरूलाई राहत मिल्ने भएकाे छ । भिजिटमा दुबई गएर अलपत्र परेकाहरूले पनि जरिमाना तिर्नु पर्दैन । तर, १८ मेदेखि ३ महिनाभित्र अर्थात् अगस्ट १८ भित्र देश छोडिसक्नुपर्नेछ ।

सम्बन्धित समाचार

उपराष्ट्रपति पुनको कोरोना परीक्षण

काठमाडौं, ३० वैशाख-संघीय संसद्को छैठौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार कोभिड–१९ परीक्षणका लागि...

विराटनगरका ११६० सहित मोरङमा १५३१ जनाले जिते कोरोना

विराटनगर, १० जेठ । मोरङमा १५३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । जेठ ९ गते आइतबारसम्ममा मोरङका सवै स्थानीयतहमा कुल ८९६६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १५३१ ज्ना कोरोना मुक्त भएका हुन् । सवैभन्दा...

वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर ११ सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर ११ नं. वडा सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा विराटनगर २ नम्बर वडालाई ३–० गोलले हराउँदै विराटनगर ११ सेमिफाइनलमा पुगेको हो...

पत्रकार देवानलाई आक्रमण गर्ने एक जना पक्राउ

विराटनगर । पत्रकार प्रेम देवानमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै जसपा सडकमा

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरमा विरोध जनाएको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण...

दोस्रो खेलमा वाइआरसीसीसँग एलिट पराजित : तीन खेलमा लगातर दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा वाइआरसीसी विराट ब्लास्टर्सले तीन खेलमा लगातार २ जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा एलिट क्रिकेट...

नेकपाका ६१ सांसदले भने– हामी कुनै गुटमा छैनौं 

काठमाडौं, २५ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले आफुहरु कुनै गुटमा नलाग्ने घोषणा गरेका छन् । आज नेकपा संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएर उनीहरुले...

मेची अस्पतालमा कोभिड-१९ को उपचार सुरु

झापा, २० साउन-मेची अस्पताल भद्रपुरमा कोभिड-१९ को नमुना परीक्षणसँगै सङ्क्रमितको उपचार सुरु गरिएको छ । प्रदेश १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पीसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले २ वटा भेन्टिलेटरसमेत उपलब्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्