कोरोना देखाएर तर्किने छुट भारतलाई छैन : प्रम ओली

 न्यूज विराट
कोरोना देखाएर तर्किने छुट भारतलाई छैन : प्रम ओली

काठमाडौं, ३१ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतले अतिक्रमण गरेर सडक बनाउदै गरेकाले त्यसलाई तत्काल रोकेर वार्ता गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैकमा ओलीले नेपालको सीमा काली नदीको मुहान भएकोमा कसैको कुनै विवाद नरहेको बताए ।

आज बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु, पूर्वपरराष्ट्रमन्त्री र सरकारका मन्त्रीहरुसँग छलफल गरेका थिए । उनले उपस्थित सबैको राय सुझाव सुनेका थिए ।

आज भएको छलफलपछि प्रधानमन्त्रीको भनाइ उदृत गदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘नेपालको पश्चिमी सीमा काली नदीको मुहान हो, यसमा दुईमत छैन । नेपाली भूमि भारतले अतिक्रमण गरेकोले फिर्ता ल्याउन पहल गर्न राजनीतिक दलहरुले सुझाव दिएका छन् । कूटनीतिक रुपमा यो समस्या समाधान गर्न दिएको सल्लाह सुझाव सकारात्मक छन् ।’

ओलीले भारतले जारी गरेको राजनीतिक नक्सापछि वार्ताको पहल गर्दा पनि भारत तयार नभएको ओलीले बैठकमा जानकारी दिएका थिए । भारतले सन् २०१९ मा नेपाली भूमिसहितको नक्सा जारी गरेको थियो ।

ओलीलेका भनाई उदृत गदै ज्ञवालीले भने, ‘भारतको राजनीतिक नक्सा जारी गरेपछि पटक पटक वार्ताका लागि आह्वान गरिएको छ । तर भारत अहिलेसम्म तयार भएको छैन । अहिले भारतले कोरोनाका कारण देखाउदै वार्तामा बस्न चाहेको छैन ।’

भारतले कोरोनाको कारण देखाएपनि प्रधानमन्त्री ओली वार्तामा बस्न तयार रहेको ज्ञवालीले जानकारी दिए । ज्ञवालीले भने, ‘भारतले कालापानी लगायतका क्षेत्रमा समस्या रहेको स्वीकारेको छ ।तर यहि भूमिमा सडक बनाउनु कूटनीतिक र अन्तर्राष्ट्रिय कानुनी मान्यतामा न्यायोचित छैन । कोरोना फैलिएको समयमा सडक बनाउन हुने, वार्ता गर्न किन हुँदैन । भारत वार्तामा बस्नु पर्नेमा प्रधानमन्त्री अडिग हुनुहुन्छ ।’ ओलीले बैठकमा पुर्खाले लडेर बचाएको भूमि फिर्ता ल्याउन सरकार दृढ रहेको समेत बताए ।

सम्बन्धित समाचार

शव ल्याउन श्री एयरलाइन्सको विमान ट्युनेशियातर्फ

काठमाडौं, ८ वैशाख-निजी क्षेत्रको श्री एयर लाइन्स टियनेशियाको लागि चार्टर उडान गरेको छ । नेपाल आर्मी र युनाइटेड नेशनले चार्टर गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार बिहान ६ बजे उडान गरेको एयर शुक्रबार...

सीएनआई कोसी एक्स्पोको तयारी तिब्र, पाँचवटा पालिकाले प्रवद्र्धन गर्दै

विराटनगर । मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को उत्साहजनक प्रवद्र्धक गरेका छन् । विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको...

नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

काठमाडौं, फागुन १३-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको छ । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको हो ।...

१ महिनासम्म पर्यटन बिदा हुन सक्ने

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन बिदा नीति अघि सारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस्तो नीति अघि बढाउन थालेको जानकारी गराएका हुन् । 'तत्काल विदेशी...

कोरोनाविरुद्ध लड्न नयाँ वर्षमा उच्च मनोबल र सकारात्मक सोच विकास गरौँः राष्ट्रपति भण्डारी

काठमाडौं, १ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७...

एमसीसीबारे प्रचण्डले झिल्केमिल्के कुरा गरे:ईश्वर पाेखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई...

कोशीका तीन मन्त्रीले पाए जिम्मेवारी : उप्रेतीले वन, राईले अन्तरिक र जवेगुले पूर्वाधार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले...

एनसिडिए मोरङद्धारा जनचेतना मुलक कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । संघको भवनमा शुक्रबार अर्गानिक वस्तुको स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरेको हो । स्थानीय स्तरमा उत्पादन भएको अर्गानिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्