जनकपुर, ३१ वैशाख-२ जना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले आज आफैँ अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् ।
सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका थप पत्रकार आतंकित भएका छन् । विभिन्न संचार गृहमा कार्यरत पत्रकारले नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि स्वाबको नमूना दिएका हुन् ।
बुधबार पीसीआर परीक्षणका लागि १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन ।
पर्सामा मंगलबार एकैदिन थप ५७ कोरोना संक्रमित भेटिएका थिए । तीमध्ये वीरगन्जका २ पत्रकार पनि छन् । दुवै पत्रकारलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि सकिएको छ ।