२४ घण्टामै २३ सयभन्दा बढीको पीसीआर परीक्षण

 न्यूज विराट
२४ घण्टामै २३ सयभन्दा बढीको पीसीआर परीक्षण

काठमाडौं, ३१- वैशाखएकै दिनमा २३ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ३ सय ५७  जनाको स्वाब परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणको कुल संख्या २१ हजार ३ सय ४० पुगेको छ ।

त्यस्तै, २४ घण्टाको अवधिमा ६ सय ९२ जनाको र्‍यापिड टेस्ट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हालसम्म ६० हजार ३ सय १९ आरडीटी गरिएको छ ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । त्यस्तै, उपचारपछि निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ । आज मात्रै चितवनबाट १ महिला र बुटवलमा उपचाररत १ जना पुरुष डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचार

विराटनगरको जतुवामा दिनदहाडै तरवार प्रहार, दुई जना घाइते

विराटनगर । विराटनगर – १४ जतुवामा दिनदहाडै तरवार प्रहारबाट दुई जना घाइते भएका छन् । विराटनगर– १४ का पूर्व वडाअध्यक्ष बलदेव यादवको निर्देशनमा १० जनाको समूहले जग्गा विवादलाई लिएर तरवार प्रहार गर्दा ४० वर्षीया सन्तलाल...

एक वर्षमा क्षयरोगबाट प्रदेश १ मा ११३ जनाको मृत्यु

विराटनगर, १० चैत । एक वर्षको अवधिमा प्रदेश १ मा क्षयरोगबाट एक सय १३ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा मंगलबार ग्लोबल फन्ड, नेपाल सरकारको सहयोग र सेभ द चिल्ड्रेनको आयोजनामा...

प्रेस युनियनको महाधिवेशन हेटौंडामा

काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...

विराटनगरमा ८ सहित प्रदेश १ मा १५६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

विराटनगर, २८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण भएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रदेश १ सरकारद्वारा अन्तराष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित

विराटनगर, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड...

वीर अस्पतालबाट पनि परीक्षण सुरु

काठमाडौं, २९ चैत-सरकारले ७ दिनयता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ७ दिनयता कुनै पनि नयाँ संक्रमण...

सकियो तीन महिने ब्युटिसियन तालिम, आत्मनिर्भर बन्ने महिलाहरूको प्रण

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजिकरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्