सत्ता र प्रतिपक्षद्धारा संयुक्तरुपमा संसदमा संकल्प प्रस्ताव दर्ता गर्नुपर्छ : डा. शेखर कोइराला

 न्यूज विराट
सत्ता र प्रतिपक्षद्धारा संयुक्तरुपमा संसदमा संकल्प प्रस्ताव दर्ता गर्नुपर्छ : डा. शेखर कोइराला

विराटनगर, बैशाख ३१–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद समाधान गर्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा संयुक्त संकल्प प्रस्ताव पेश गर्नु आवश्यक रहेको बताएका छन् ।

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले संसदबाट एउटै संकल्प प्रस्ताव पास गरेर भारत र चीनसँग वार्ता गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस र सत्तारुढ दल नेकपाले बेग्लाबेग्लै संकल्प प्रस्ताव पेश गरेको प्रसंग जोड्दै नेता कोइरालाले राष्ट्रियताको विषयमा सत्ता र प्रतिपक्ष नहुने जिकिर गरे ।

उनले लामो समयदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद रहेकाले अब निष्कर्ष निकाल्ने गरी भारतसँग वार्तामा बस्नुपर्नेमा जोड दिए । लिपुलेकका सम्बन्धमा भारतसँगै चीनसँग पनि वार्ता गर्नुपर्ने उनले बताए ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीन स्वशासित तिब्बत जोड्ने सडक निर्माण गरेको छ । जसको नेपालले विरोध जनाइसकेको छ । कोइरालाले संसदबाट पारित संकल्प प्रस्तावसहित सुगौली सन्धिदेखि हालसम्मका सन्धि सम्झौताका साथै सबै किसिमका प्रमाणका साथ वार्तामा बस्नुपर्ने औंल्याए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा भारतले सडक बनाएको बारे थाहा छैन भन्नु आश्चर्यजनक भएको टिप्पणी गरे । नेपाली भूमिमा भारतले सडक बनाएको आफूलाई थाहा छैन भनेर प्रधानमन्त्रीले जग हँसाएको उनले आरोप लगाए ।

सम्बन्धित समाचार

मारिया मन्टेश्वरीले मनायो वार्षिकोत्सव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ मा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले ८ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी अभिभाव दिवस मनाएको हो ।उक्त कार्यक्रमको उद्घाटन प्रमुख...

शुक्रवारदेखि मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा, माघ ५ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको...

कटहरीमा बन्ने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास, दुई महिनाभित्रमा संचालन गर्ने तयारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा निमार्ण हुने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास भएको छ । दुई महिना भित्र निमार्ण सम्पन्न हुने गरि कोल्ड स्टोरको...

दोस्रो खेलमा विराटसँग पूर्वाञ्चल पराजित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताकोआज भएको दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित भएको छ । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै...

नहरले बगाएर बेपत्ता भएका युवा मोरङको जहदामा मृत भेटिए

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक जना युवक मृत फेला परेका छन् । नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीया गणित राजवंशी शव...

चोरी, तस्करी रोक्न मोरङ प्रहरी सक्रिय, हप्तादिनमा २८ लाखको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट हुने चोरी तस्करी रोकथाम र नियन्त्रण गर्दै अवैध सामान समात्न मोरङ प्रहरी सक्रिय रूपमा लागि परेको छ ।प्रहरीले पछिल्लो एक साता भित्र अवैध रूपमा चोरी तस्करी भएर आएको...

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसन दोस्रो दिन पनि जारी

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशन दोस्रो दिन बुधबार पनि जारी छ । विभिन्न ९ बुद्धे माग राख्दै विराटनगरको देवकोटा चोकमा उनी अनशनमा बसेका छन् । अनशनस्थलमा केही समर्थकहरु पनि...

एसईइ रनिङ शिल्डको उपाधि बरहा राईजिङलाई

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्