लायन्सको पाँचदिने वेविनार शुरु

 न्यूज विराट
लायन्सको पाँचदिने वेविनार शुरु

विराटनगर, वैशाख ३१–लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले कोभिड १९ को महामारीकोवीचमा पनि विभिन्न सेवाहरुलाई निरन्तरता दिएको छ । चुनौतीपूर्ण समयमा पनि क्लवले सेवासँगसँगै विभिन्न अन्र्तक्रियाहरु अघि बढाएको जनाएको छ । डिष्ट्रिक ३२५ एवानको आयोजनामा ५ दिने वेबिनार सुरु भएको छ ।

लायन्स क्लव विराटनगर सेन्ट्रलको समन्वयमा अन्तर्राष्ट्रिय रुपमा भिन्न पाँच शिर्षकमा पञ्च अनुभुति विशेष तालिमको शुरुवात भएको लायन्स क्लव विराटनगर सेन्ट्रलका अध्यक्ष सन्दीपदास श्रेष्ठले बताए ।

मे ११ देखि १५ चल्ने तालिममा ५ जनाले सिकाई अनुभव प्रस्तुत गर्ने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक सञ्जय खेतान, लायन्स एलसीआईपीबाट दिक्षित एडि भमनकुमार, डा.सन्देशदास श्रेष्ठ, पंकज मेहता र लायन्स अन्तर्राष्ट्रियका पुर्व निर्देशक एपी सिंहले सहजीकरण गर्नेछन् ।

अनलाइन मिटिङ प्लेटफर्म जुम मार्फत संचालित सो तालिम नि ः शुल्क रहने र सबैक्षेत्रका व्यक्तिहरुले सहभागिता जनाउन सक्ने लायन्स क्लव विराटनगर सेन्ट्रल का अध्यक्ष श्रेष्ठले बताए ।

हरेक दिन अपरान्ह ४ वजेदेखि साँझ साढे ५ वजे सम्म सञ्चालन हुने सो तालिमवाट नेपाल भरीका लायन्सहरुले केही नया जानकारी प्राप्त गर्ने र लकडाउनको समयको सदुपयोग गर्दै आफ्नो ज्ञानको दायरा फराकिलो पारी एक आपसमा भातृत्वको विकास गराउन सघाउ पु¥याउने विश्वास आफूले लिएको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका गभर्नर इन्द्र खत्री (राजन) ले बताए । वेविनारको लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानको अफिसियल फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण गर्ने गरिएको छ ।

सम्बन्धित समाचार

ट्रम्पसँगै चर्चमा फोटो खिचाएका सैनिक अधिकारीले मागे माफी

एजेन्सी, जेठ ३०-अमेरिकाका एक उच्च सैनिक अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आफू पनि ह्वाइट हाउस नजिकैको एउटा चर्चमा गएर फोटो खिचाएको घटनाप्रति माफी मागेका छन् । १ जुनमा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस नजिकै रहेको एउटा चर्चमा...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

विराटनगर, ११ माघ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

पूर्वराजा ज्ञानेन्द्र सपरिवार झापाबाट फर्किए 

झापा, २ जेठ-पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका छन् । कोभिड –१९ को रोकथामका लागि सरकारले ११ चैतदेखि लागू हुने गरी लकडाउन...

काेराेनाविरूद्धका २ वटा बीमालेख जारी गर्ने बीमा समितिकाे निर्णय

बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट रक्षावरण हुने गरी बीमालेख जारी गर्ने निर्णय गरेको छ ।हाल विद्यमान रहेको घातक रोगसरहको बीमालेखअनुसार हुनेगरी कोरोना भाइरससम्बन्धी बीमालेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीहरूको बीमा पुलमार्फत निर्देशन...

आज ११ अन्तर्राष्ट्रिय उडान : स्वदेश फर्किए १ हजारभन्दा बढी नेपाली

काठमाडौं, २३ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत १ हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको  छ । पार्टीको केन्द्रीय निर्वाचन...

प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण

विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्