काठमाडौं, ३१ वैशाख-लामो समयपछि त्रिभुवन विमानस्थलमा ठूलो बिमान अवतरण भएको छ । चाइना एयरफोर्सको विमान विमानस्थलमा मेडिकल सामग्री झारेर फर्किएको छ ।
चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनाका लागि मेडिकल सामग्री ल्याएको बताइएको छ । विमान अवतरणका क्रममा पर्यटनमन्त्री योगेश भट्टराईपनि विमानस्थल पुगेका छन् । तर उनी विमानस्थलको निरीक्षणमा पुगेको बताइएको छ ।
विमानस्थल कर्मचारीका अनुसार चाइना एयरफोर्स–१३ चिनियाँ एम्वेसी लेखेको जहाजले मेडिकल सामग्री ल्याएको हो । सो विमान फर्किइसकेको छ ।
धेरैदिनपछि आज नेपाली अकाशमा नेपाली सेनाका हेलिकोप्टर उडेका छन् । बिहान शसस्त्र प्रहरीको टोली लिएर सेनाको हेलिकोप्टर कालापानी गएको छ भने जिल्ला जिल्लामा मेडिकल सामग्री पुर्याउन हेलिकोप्टर उडानका लागि अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।