काठमाडौं, ३१ वैशाख-आज बिहान ११ बजे बाेलाइएकाे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । कोरोना संक्रमण बढेको र कतिपय स्थायी कमिटी सदस्यको पीसीआर टेस्ट हुन बाँकी रहेकोले आज बोलाइएको बैठक स्थगित भएको नेकपा महासचिव बिष्णु पौडेलले जानकारी दिए ।
यसअघि २५ वैशाखमा बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । २४ गते सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री ओली बीचमै उठेर हिँडेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो ।
त्यसपछि २ अध्यक्षबीच पटकपटक छलफल भएको थियो । आज बस्ने बैठकमा कोरोना, सीमा समस्या, नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरिएको थियो ।