प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानुनी जटिलता व्यहोर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

 न्यूज विराट
प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानुनी जटिलता व्यहोर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, ३० वैशाख-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेसा र व्यावसायमा गएका नेपालीको प्रवेशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानुनी जटिलता व्यहोर्नु नपर्ने बताएका छन् ।

संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन समितिको सोमबारको बैठकमा उनले विदेशमा कोरोना सङ्क्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि तत्तत् देशलाई आग्रह गरिएकाले उपचारमा समस्या कहीँकतै नदेखिएको बताए ।

मन्त्री ज्ञवालीले भने, ‘खानेबस्ने प्रबन्ध मुख्यरूपमा रोजगारदाताले गरेका छन्, केही ठाउँमा रोजगारदाता भागेको अवस्थामा गैरआवासीय नेपाली संघ, स्थानीय च्यारेटी सङ्घ र दूतावास मिलेर सक्दो सहयोग गराइरहेका छन् । यद्यपि सबै ठाउँमा सबै ठिक छ भन्ने होइन । प्रवेशाज्ञाको म्याद सकिए पनि कानुनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको छ ।’

कोभिड–१९ का कारण विस्तारै रोजगारी गुमाउनेको संख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरूले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत रहेको बताए । कोरोनाको महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कने नेपालीको संख्या ५ लाख ८८ हजार ७ सय हुन सक्ने अनुमान गरिएको सो अवसरमा जानकारी दिइयो ।

खाडी मुलुकबाट ३ लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने संख्या २ लाख १० हजार ८७१ रहेको मन्त्रालयले जानकारी दिएको छ । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने चुनौती छ ।

स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । अहिले मुलुकमा तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् ।

एकैसाथ धेरै नेपाली स्वदेश फर्केमा क्वारेन्टाइनकै समस्या हुने अनुमान गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘एकैपटक ठूलो संख्यामा नेपाली फर्कने हो भने तयारी र व्यवस्थापनमा उलटपुलट हुनेछ । यद्यपि आवश्यक तयारी गरेर ल्याइने हुनाले व्यवस्थापन गर्न सरकार सक्षम हुनेछ ।’

नेपालको कुल जनसंख्याकाको १५ प्रतिशत जनसंख्या मुलुकबाहिर छ । कूटनीतिक निकाय र नियोगबाट प्राप्त जानकारीअनुसार विश्वका १०९ मुलुकमा ६४ लाख ६३ हजार ३७३ नेपाली विभिन्न पेसा र व्यावसायमा छन् । विभिन्न २१ मुलुकमा १० हजारभन्दा बढी नेपालीको संख्या छ । प्रवासमा रहेकामध्ये ठूलो संख्या श्रमिक छन् ।

विश्वका १२ मुलुकमा श्रम सम्भौताका आधारमा रोजगारीका लागि गएका नेपालीको संख्या १२ लाख ११ हजार ९२४ रहेको छ । वैदेशिक रोजगारीमा घरमा काम गर्न विभिन्न माध्यमबाट गएकाले उनीहरुको यकिन तथ्याङ्क नरहेको मन्त्रालयले जनाएको छ । रासस

सम्बन्धित समाचार

शिक्षादीप कलेजका विद्यार्थीले रकेट बनाउँदै सकियोे कार्यशाला

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले रकेट बनाउँदै ६ दिने विज्ञान सम्बन्धी कार्यशाला सकिएको छ । काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान सम्बन्धी यति ठूलो र भव्य कार्यशाला विराटनगरमा आयोजना गरेको थियो । उक्त...

कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी

विराटनगर – विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटल डोजर लगाएर खाली गराएको छ । बिहीबार वर्षौदेखि भाडा नतिरी बस्दै आएका ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर खाली गराएको हो ।...

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

काठमाडौं, १० जेठ-नेपालमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतलामा गरिएको पछिल्लो परीक्षण विवरणअनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

सप्तरीमा मृत्यु भएका १ जनामा कोरोना पुष्टि

सप्तरी, २२ साउन-कोरोना भाइरस (कोभिड-१९) जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।फर्किर घर क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका-५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर पोजिटिभ देखिएको हो । प्रदेश...

नेकपा सचेतक चौधरीकाे आईसीयुमा उपचार हुँदै

काठमाडौं, २४ असोज-कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । उनको सचिवालयका अनुसार स्वास्थ्यमा सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयुमा  सारिएको हो । चौधरीको अहिले वीर...

लालबाबु पण्डितले वितरण गरे विराटनगर–६ मा राहत सामाग्री

विराटनगर, बैशाख २७–पुर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ६ संघिय सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका वडा नं. ६ लाई राहत सामाग्री उपलब्ध गराएका छन् । सांसद पण्डितले विराटनगर वडा नं. ६...

साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक

जनकपुर, ४ जेठ-धनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए । संक्रमित युवकहरू धनुषाको नगराइन नगरपालिका-९ घोडघास...

राष्ट्रिय झण्डा जलाउने समूहका ४ पक्राउ, अन्यको खोजी तीव्र

काठमाडौं, ३ भदौ-नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको थियो ।  महानगरीय अपराध महाशाखा प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्