व्हाइट हाउसमा पहिलो पटक मास्क प्रयोग, ट्रम्पले अझै लगाएनन्

 न्यूज विराट
व्हाइट हाउसमा पहिलो पटक मास्क प्रयोग, ट्रम्पले अझै लगाएनन्

एजेन्सी, बैशाख ३०-अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसमा सार्वजनिक रुपमा पहिलो पटक मास्कको प्रयोग भएको छ । राष्ट्रपतिका सहयोगीहरुले मास्कको प्रयोग गर्न सुरु गरेका हुन् ।

यसलाई व्हाइट हाउसका कर्मचारीले मास्कको प्रयोगबारे सन्देश दिएको रुपमा हेरिएको छ । कर्मचारी र सहयोगीहरुले मास्कको प्रयोग गरेपनि राष्ट्रपति ट्रम्पले भने मास्क लगाएका छैनन् ।

राष्ट्रपति ट्रम्प प्रेस ब्रिफिङमा मास्क बिना नै उपस्थित भएका थिए । उनले सो पत्रकार सम्मेलनमा अमेरिकामा हरेक दिन १ लाख ५० हजारभन्दा बढीको परीक्षण भइरहेको जानकारी दिए ।

अमेरिकामा हालसम्म १३ लाख ८५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ८१ हजार ७९५ जनाको मृत्यु भइसकेको छ । ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी अर्थव्यवस्था आगामी वर्षसम्ममा राम्रो अवस्थामा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले आगामी वर्षहरुमा बजारमा माग बढ्ने विश्वास व्यक्त गर्दै अर्थतन्त्रमा सुधार हुने बताएका हुन् ।

संसारभरको जस्तै अमेरिकी अर्थव्यवस्थामा पनि कोरोना भाइरसका कारण ठूलो संकट उत्पन्न भएको छ । संसारमै सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा नै रहेको छ ।

गत साताको तथ्यांकअनुुसार अमेरिकामा कोरोना भाइरसका कारण ३ करोड ३० लाखभन्दा बढी अमेरिकीले रोजगारी गुमाएका छन् । व्हाइट हाउसमा आफ्ना सहयोगीमा नै कोरोना भाइरस संक्रमण देखिएको बारे प्रतिक्रिया दिँदै उनले भने, ‘एक जनामा संक्रमण देखिएको छ । आश्चर्यको कुरा भनेको उनको अघिल्लो दिनको रिपोर्ट नेगेटिभ आएको थियो । यो लुकेको दुश्मन हो । यसबारे सावधानी अपनाउनुपर्छ ।’

सम्बन्धित समाचार

पैदल घर हिँडेकाको समस्या समाधान गर्न सरकारलाई राजपाको आग्रह

जनकपुरधाम, ३ वैशाख-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपत्यकालगायतका स्थानमा फसेका नागरिकको राहतका विषयमा सरकारले गरेका निर्णय प्रभावकारी बन्न नसकेको बताएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंबाट पैदल...

मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

झापा, असार २९। झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । यही असार २४ गते राती पुरानो...

समाजसेवी गोयलले भद्रपुरमा विपन्न परिवारको ११ वटा घर बनाइदिने

विराटनगर । समाजसेवि दीनबन्धु गोयलले झापाको भद्रपुर–६ मा गरिव एवं अति विपन्न माझि परिवारका लागि ११ वटा घर बनाइदिने भएका छन् । गोयलले बनाइदिने घरको शिलन्यास बिहीबार सरस्वती पूजाको अवसर पारेर गरिएको हो । भद्रपुर...

ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर । विराटनगरस्थित ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हिज्जे प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको प्रथम विराट मण्डल, समिक्षा राजवंशी र योगशे राजवंशीको समूह प्रथम भएको...

प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण

विराटनगर, २ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

सर्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै...

राहतमा विवाद हुँदा सिरहामा झडप

जनकपुर, ९ जेठ-सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा झडप हुँदा डेढ दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको सिरहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...

प्रदेश १ का वनमन्त्री थापाको निधन

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ ।केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्