कैलाली, ३० वैशाख-नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ । वि.सं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो ।
स्थापना भएको १७ वर्षमा उक्त सुदूरपश्चिम पृतना दिपायलबाट कैलालीको तेघरीमा सरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ । देशमा संघीय गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली स्थापना गरिएपछि उक्त सेनाको पृतना कैलाली सारिएको हो ।
पृतना कैलाली सरेपछि कैलालीमा रहेको श्री नं ५ बाहिनी अड्डा र बाहिनी मातहतका सम्पूर्ण युनिट दिपायल राजपुर आउने तयारी भएको सेनाले जनाएको छ । रासस