प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्यो

 न्यूज विराट
प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्यो

बुटवल, २९ वैशाख-परीक्षणको दायरा बढाएसँगै प्रदेश ५ मा काेराेना संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो प्रदेशका १२ जिल्लामध्ये हालसम्म रुपन्देहीमा ७ कपिलवस्तुमा २१, बाँकेमा २४ र बर्दियामा १ जना गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बाग्मतीमा ७ र सुदूरपश्चिम प्रदेशमा २ जनामा कोरोना संक्रमण भइसकेको छ । कपिलवस्तुमा आज मात्र १६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै आज नै बर्दियामा पहिलोपटक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार थप भएका संक्रमितहरू कपिलवस्तुको यशोधराका-८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरूष रहेका छन् ।

त्यस्तै बर्दिया राजापुर गाउपालिका-५ की ११ वर्षीया युवतीमा कोरोना भेटिएको हो । त्यस्तै रुपन्देहीमा यसअघि १ जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

रुपन्देहीमा नयाँ संक्रमित थपिनेमा सम्मरीमाई गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् ।

सम्बन्धित समाचार

लकडाउनका बेला लागुऔषधको कारोबार, २ जना पक्राउ

विराटनगर, २९ चैत-लकडाउनको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो...

विराटनगरमा आदिवासी जनजातीहरुको मौलिक नृत्य (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको...

डब्लुएचओसँग अमेरिकाले सम्बन्ध तोडेको ट्रम्पको घोषणा

एजेन्सी, जेठ १७-अमेरिकाले कोरोना भाइरसको महामारीबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ पूर्ण रुपमा चीनको इशारामा चलेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन्...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परिक्षण

विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...

नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने...

बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...

३२ एसपीकाे एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका...

दक्षिण कोरियामा फेरि बढे कोरोना संक्रमित, २४ घन्टामा ४४ जनामा संक्रमण पुष्टि

सोल, २३ असार-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्