संक्रमितसँगै ९ वैशाखमा गाउँ फर्केका थिए १३ जना सप्तरीवासी

 न्यूज विराट
संक्रमितसँगै ९ वैशाखमा गाउँ फर्केका थिए १३ जना सप्तरीवासी

जनकपुर, २९ वैशाख-सप्तरीमा १ जना १८ वर्षीय युवा कोरोना भाइरस संक्रमित भेटिएसँगै प्रदेश २ मा कोरोना संक्रमित हुनेहरूको संख्या ३२ पुगेको छ । जिल्लाको डाक्नेश्वरी गाउँपालिका ३ का १८ वर्षीय युवाको प्रयोगशाला परीक्षण रिपोर्ट आज पोजेटिभ आएको हो । कोरोना संक्रमित युवा चितवनमा राज मिस्त्रीको काम गर्दै आएको थिए । लकडाउन भएपछि काम रोकियो ।

२६ वैशाखमा उनको स्वाब संकलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । जिल्ला स्वास्थ्य प्रमुख दुनीयालाल यादवले भने, ‘१८ वर्षीय युवामा कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ ।’

उनीसहित १३ जना ९ वैशाखमा चितवनबाट गाउँ फर्केका थिए । ‘१३ जनालाई डाक्नेश्वरी गाउँकै क्वारेन्टाइनमा राखिएको थियो’, यादवले भने, ‘ उनीसँगै आएका बाँकीको रिपोर्ट आएको छैन ।’

सम्बन्धित समाचार

खुकुलो ‘लकडाउन’लाई ७ साउनसम्म लम्ब्याउने निर्णय

काठमाडौं, १५ असार-सरकारले हालकै अवस्थालाई आगामी ७ साउनसम्मलाई लम्ब्याउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि १...

गाउँपालिका उपाध्यक्षको ससुराको मृत्यु हुँदा सार्वजनिक बिदा

काठमाडौं, साउन २२ । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ  गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय...

महिलाको उपचारमा न्यूरोमा सहुलियत : ओपीडि निःशुल्क, परीक्षणमा २५ प्रतिशतसम्म छुट

विराटनगर । बहुआयामिक सेवा प्रदान गर्दै आएको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाको उपचारमा सहुलियत दिएको छ । अस्पतालले फाल्गुण १८ देखि चैत्र १८ ९मार्च १ देखि ३१० सम्म...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १५० विद्यार्थीलाई स्वीटर वितरण

विराटनगर, २० पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । कठ्यांग्रीँदो जाडोबाट बालबालिकाहरु बच्नका लागि एक कार्यक्रमकाबिच क्लबले रोटरीको सिद्धान्त र प्रतीक छापिएको...

टिभिएसको एक्सेन्ज मेलामा विराटनगरका मुरारिले जिते दशलाख

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् l टिभिएसको २ लाख ५६ हजार ९ सयको राइडर बाइक खरिद गर्दा...

‘लक डाउन’ मा विराटनगरमा झडप

विराटनगर, चैत ११–नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित बनाउन आज देखि लागू गरेको लकडाउनका क्रममा विराटनगरमा प्रहरी र स्थानीय बीच झडप भएको छ । विराटनगर गुद्रीबजार स्थित अतिआवाश्यक सेवा वाहेकका अन्य सवै सेवा...

विराटनगरको कोसी अस्पतालमा नक्कली डाक्टर बनेर विरामी परिक्षण गर्ने एक जना पक्राउ

विराटनगर, १ भदौ । विराटनगरमा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर ६ सरौचियाका ३८ वर्षिय अमृत बानिया रहेका छन् । उनले सोमबार राती मदिरा सेवन गरेर नक्कली डाक्टर बनि कोसी अस्पतालको...

जनता क्याम्पसको आइसोलेसनबाट ३७ जना डिस्चार्ज

विराटनगर, ९ भदौ-मोरङको रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट मंगलबार ६ महिने शिशु र एक गर्भवती महिलासहित एकैदिन ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । सो आइसोलेसन केन्द्रमा उपचारपछी मंगलबार एकै दिन रंगेली नगरपालिकाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्