भारतको विरोधमा उत्रिएका २५ जना बढी सामाजिक अभियन्ता पक्राउ

 न्यूज विराट
भारतको विरोधमा उत्रिएका २५ जना बढी सामाजिक अभियन्ता पक्राउ

काठमाडाैं, २९ वैशाख-प्रहरीले २५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । भारतको उत्तराखण्ड पिथौरागढ जिल्लाको गर्वाधारहुँदै चीनको मानसरोवर जाने सडकको विरोधमा उत्रिएका सामाजिक अभियन्ता द्वारिकलाल ढुंगेलसहित २५ जना पक्राउ परेका हुन् ।

भारतले नेपालको कालापानी भूमि मिचेर सडक निर्माण गरेको भन्दै उनीहरू विरोधमा निस्किएका थिए । उनीहरूलाई बानेश्वर र माइतीघर मण्डलाबाट भारतको विरोधमा उत्रिँदा पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा राखिएको छ ।

यसअघि उक्त सडककाे विराेधमा नेपाली सेनाका पूर्वरथी प्रेमसि‌ह बस्न्यान र सशस्त्र प्रहरी बलका एआईजी ठाकुरमाेहन श्रेष्ठलाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

सम्बन्धित समाचार

नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर ६ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

लेखा समितिमा सांसदहरूले भने : स्वास्थ्यमन्त्री र सल्लाहकारको भूमिका शंकास्पद

काठमाडौं, ८ असार-कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या...

खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदै छः प्रधानमन्त्री

काठमाडौं, २५ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध...

कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने

काठमाडौं, २२ साउन । कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने भएको छ । भुटानबाट शुक्रबार तीन लाख डोज एस्ट्राजेनेकाको खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दोस्रो मात्रा लगाउन लागिएको हो । ‘२५ गतेदेखि...

कोरोना भाइरस नियन्त्रणबारे के भने प्रधानमन्त्रीले (सम्बोधनको पूर्णपाठ)

प्रधामन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का विषयमा देशवासीका नाम सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा भइरहेको तयारीबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको सम्बाेधनकाे पूर्ण पाठ आदरणीय...

देशभर थप ६३४ जनामा कोरोना पुष्टि, संक्रमित ३१ हजार नाघे

काठमाडौं, ६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । शुक्रबार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित...

 २९ देशबाट संविधान दिवसको शुभकामना

काठमाडौं, ३ असोज-संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश दिएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा,...

नदीजन्य पदार्थको अवैध उत्खनन

मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्