लकडाउनका बेला चोरी गर्ने ११ जना पक्राउ

 न्यूज विराट
लकडाउनका बेला चोरी गर्ने ११ जना पक्राउ

काठमाडौं, २९ वैशाख-कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती बढाएको थियो । ‘गस्ती बढाएसँगै लकडाउनको मौका छोपी चोरी गर्नेलाई पक्राउ गरी अनुसन्धनपश्चात् कानूनी कारवाही अघि बढाइएको छौँ । तीमध्ये कोही बालबालिकासमेत रहेका छन् । कोहीलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मामा पठाएका छौँ । कोहीलाई सुधारगृह पठाएका छौँ’ उनले भने ।

प्रहरीले पसल चोरी गर्दै गर्दा गोरखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने आयुष थापा मगर तथा भोजपुर घर भई काभ्रे बस्ने सुरज मगरलाई पनि प्रहरी पक्राउ गरेको थियो ।

त्यस्तै चार्जमा राखेको मोबाइल चोरी गर्दै गर्दा प्रहरीले दुई महिलालाई पक्राउ गरी मुद्दा दायर गरेको छ । यसरी पक्राउ पर्नेमा काठमाडौं सुकेधाराकी रेश्मा लामा र पर्सा घर भई काठमाडौं बस्दै आएकी निर्मला भनिने मिना लामा रहेका छन् ।

चोरी मुद्दामा पक्राउपर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने असल भुजेल र अभिषेक भुजेल, ओखलढुङ्गा घर भई काठमाडौँ बस्ने ङिमा शेर्पा र धनबहादुर तामाङ, बूढानीलकण्ठका आयुष राई र सुमन लिम्बू रहेका प्रहरीले जनाएको छ ।  रासस

सम्बन्धित समाचार

‘गल्र्स अन ब्हील’ प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीे पथम

विराटनगर । अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिता आयोजना गरेको छ । विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पनन भएको प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीले पथम भएका...

प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । १९ औं पटक अनशन बसेका डा. केसीको वार्तामा...

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

एजेन्सी, २८ भदौ-भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत २ अगस्टमा...

युवा उद्योगी प्रेम राठी सम्मानित

विराटनगर । विराटनगरका युवा उद्योगी प्रेम राठी सम्मानित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर राठीलाई बुधबार सम्मान गरेको हो । सम्मानित भएका राठीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...

लकडाउनको १ महिनापछि मस्जिदमा धार्मिक गतिविधि बन्द

सुर्खेत, ८ वैशाख-कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै १ महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१०, बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक...

पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

शिक्षक श्रेष्ठको हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन माग

नेपाल शिक्षक संघले २३ मंसिरमा मोरङको मिक्लाजुङ गाउँपालका- १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्याको भर्त्सना गरेको छ । संघले तत्काल दोषीलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । संघले बुधबार एक...

‘लामो दूरीका यातायात र विद्यालय खोल्ने परिस्थिति बनेको छैन’

काठमाडौं, २२ साउन-सरकारले तत्काल लामो दूरीका यातायातका साधन, विद्यालय तथा हवाई उडान खोल्ने परिस्थिति नबनेको बताएको छ । मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा सरकारले प्रवक्ता डा युवराज खतिवडाले यस्तो बतांएका हुन् । सरकारले पछिल्लो समय बढेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्