आज कोरोना पुष्टि भएका १० युवक चोरबाटाे भएर प्रवेश गरेका थिए नेपाल

 न्यूज विराट
आज कोरोना पुष्टि भएका १० युवक चोरबाटाे भएर प्रवेश गरेका थिए नेपाल

कपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश गरेको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए।

उनका अनुसार यसअघि ५ कोरोना पुष्टि भएका र आज थपिएका १० युवा १ साताको अन्तरमा भारतबाट नेपाल प्रवेश गरेका हुन् । भारतबाट फर्किएको थाहा पाउने वित्तिकै उनीहरूलाई गाउपालिका र नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो ।

आज पुष्टि भएकाहरू भारतीय सिमावर्ती यशोधरा गाउँपालिका–५ बदौली गाउँका ८ जना, बुद्धभूमि नगरपालिका–१० र ७ हरिहरपुरका १/१ जना रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले संक्रमित क्षेत्रमा स्वाथ्यकर्मी सहितको टोली पठाइसकिएको र सिमावर्ती यशोधरा गाउपालिकालाई उच्च निगरानीमा राखिएको बताए ।

५ जनामा संक्रमण देखिएपछि शनिबार जिल्लाका २ सय ९० जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो । बुद्धभूमि नगरपालिकाबाट १ सय २५, कपिलवस्तु नगरपालिकाबाट १ सय ३ र यशोधरा गाउँपालिकाबाट ६२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । यी मध्येको रिपोर्टबाट १० जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअअघि जिल्लामा १ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना देखिनेमा मायादेवी गाउँपालिकाका ४ र शुद्धोधन गाउँपालिकाका १ जना रहेका छन् । योसँगे कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

सम्बन्धित समाचार

असई कार्कीले कन्चटमा गाेली हानेर आत्महत्या गरे

काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई)  विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका...

२४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौं, ११ साउन-नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप १३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या...

संविधान शंसोधन गरिएकोमा खुशियाली

विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

विराटनगरमा रानी मिनी महोत्सव हुने, एक दर्जन बढी स्टल रहने

विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव हुने भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा मंसिर २० देखि पुस २० गतेसम्म एक महिना महोत्सव लाग्ने भएको हो । महिनादिनसम्म लाग्ने महोत्सवमा एक दर्जन...

नेपालमा एकैदिन २१४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...

सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी

विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका...

संविधान संशाेधन प्रस्ताव दर्ता गर्दै राजपा

काठमाडाैं, १६ जेठ-राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) ले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । शुक्रबार साँझ संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारीस्वरूप साे पार्टीका नेताहरू अहिले छलफलमा छन् । राजपाका...

एमालेमा १० बुँदे कार्यान्वयन शुरू, १४ औं भनेर बोलाइएको बैठक दशौंमा परिणत

नेकपा एमालेले १० सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको छ । यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्