ब्राउनसुगर र हतियारसहित २ जना पक्राउ

 न्यूज विराट
ब्राउनसुगर र हतियारसहित २ जना पक्राउ

विराटनगर, २८ वैशाख-झापाको कन्काई नगरपालिका–४ मा लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्यहीँ ठाउँका बर्षीय प्रदीप भनिने हर्क बुढाथोकी रहेका छन् ।

आफ्नै घरबाट लागूऔषध ब्राउनसुगरको कारोबार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै ब्राउनसुगर र नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेको बुढाथोकीको साथबाट १७ ग्राम ब्राउन सुगर र २३ हजार ३ रुपैयाँ बरामद गरेको छ । बुढाथोकीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अबैध हतियारसहित १ जना पक्राउ

सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा स्थित नागीयाङ सामुदायिक वनबाट अबैध भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।सो सामुदायिक वनमा वन्यजन्तुको चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय प्रदिप राईलाई १ थान भरुवा बन्दुक र एउटा मरेको कालिजसहित पक्राउ गरेको हो ।

चोरी सिकारीमा संग्लन अर्का स्थानीय २५ बर्षीय दिपक राई भने फरार रहेको र उनको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

जाजरकोटका दलितको घरमा रित्तियो भकारी

जाजरकोट, ३० चैत-बारेकोट गाउँपालिका–२ की शान्ति नेपालीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो । पसलबाट सँधै उधारो ल्याउन असजिलो हुने भएपछि नेपालीलाई कसरी चुल्हो बाल्ने भन्ने चिन्ता परेको छ । शान्तिलाई जस्तै अयर्ना...

नेपाल क्रिकेट सङ्घ (क्यान) को समिति विस्तार

काठमाडौं, १६ असार-नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना ४ समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद...

वडा प्रहरी कार्यालय विराटनगर सुविधा सम्पन्न भवनमा

विराटनगर । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ आफ्नै तीनतले सुविधा सम्पन्न भवनमा सरेको छ । ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँ लागतमा निमार्ण भएको सुविधा सम्पन्न भवनमा सरेको हो । २०७७ असार ४...

विराटनगरमा कपडाको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद

विराटनगर । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । कपडाको व्यापारी साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको...

नेपालमा कोरोनाविरुद्धको खोप १४ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं, ११ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते...

प्रदेश १ मा आज ५६२ जनाको पीसीआर परिक्षण गर्दा ४३ संक्रमित थपिए

विराटनगर, ३ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय २०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य...

एमसीसी यथास्थितिमै पारित भए सरकार छाड्छाैँ : नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने बताएका छन् । बिहीबार धनगढी पुगेका अध्यक्ष नेपालले युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै...

पौडेलको चियापानमा देउवा र शेखर, कार्यकर्ताको नाराबाजी

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका  प्रत्याशी शेरबहादुर देउवा र शेखर काेइराला पुगेका छन् । पहिलो चरणको चुनावमा पहिलो र दोस्रो भएका देउवा र शेखर पौडेलको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्