‘विद्यालयका कर्मचारी र शिक्षकको तलब बढाउन भनेका छौँ,’ महासंघका अध्यक्ष बाबुराम थापाले भने, ‘१६ देखि २२ प्रतिशतमा तलब बढाउनुपर्छ ।’
महासंघले अनलाइन कक्षा चलाउन झण्डै २९ हजार सामुदायिक विद्यालयमा डाटा सेन्टर राख्नका लागि बजेटमा व्यवस्था गर्न शिक्षामन्त्री पोखरेललाई आग्रह गरेको छ । ‘डाटा सेन्टर राख्न हामीले भनेका छौँ,’ अध्यक्ष थापाले भने, ‘शिक्षा ऐन ल्याउन पनि आग्रह गरेका छौँ ।’
जवाफमा मन्त्री पोखरेलले बजेटमा के–के समावेश गर्न सकिन्छ, त्यो गर्न आफू तयार रहेको बताएका थिए । ‘मन्त्रीज्यूले आफूले सक्ने सहयोग गर्ने वचन दिनुभएको छ,’ उनले भने, ‘कार्यान्वयन हुन्छ कि हुँदैन, त्यो पछि आइहाल्छ ।’ मन्त्रीलाई भेट्न अध्यक्ष थापासहित सहअध्यक्ष, पूर्ण दवाडी र सदस्य हंसबहादुर शाही गएका थिए ।