कोरोनाबाट मृत्यु भएका मध्ये ३ देशमा आधाभन्दा बढी संख्या

 न्यूज विराट
कोरोनाबाट मृत्यु भएका मध्ये ३ देशमा आधाभन्दा बढी संख्या

एजेन्सी, बैशाख २८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेमध्ये आधाभन्दा बढी संख्या ३ वटा देशमा छ । अमेरिका, बेलायत र इटालीमा मात्रै विश्वमा मृत्यु भएका मध्ये आधाभन्दा बढीको मृत्यु भएको हो ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिकी नागरिकले ज्यान गुमाएका छन् भने युरोपकाे बेलायतमा सबैभन्दा बढीको मृत्यु भएको छ । यस्तै, युरोपेली राष्ट्रमध्ये इटfलीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।

आइतबारसम्म अमेरिकामा १३ लाख ४७ हजार ३१९ जना संक्रमित भइसकेका छन् भने ८० हजार ४० जनाको मृत्यु भइसकेको छ । यस्तै बेलायतमा ३१ हजार ५८७ जनाको मृत्यु भएको छ भने इटलीमा ३० हजार ३९५ जनाको मृत्यु भएको छ । यी तीन देशमा विश्वमा मृत्यु हुनेमध्ये आधाभन्दा बढी संख्या रहेको छ ।

कोरोना भाइरसका कारण विश्वभर आइतबारसम्म २ लाख ८० हजार ६८९ जनाको मृत्यु भएको छ । जसमध्ये अमेरिका, बेलायत र इटालीमा मात्रै १ लाख ४२ हजार २२ जनाको मृत्यु भइसकेको छ । बाँकी विश्वभर कोरोना भाइरसका कारण १ लाख ३८ हजार ६६७ जनाको मृत्यु भएको छ ।

आइतबारसम्म विश्वभर १४ लाख ४६ हजार ५५९ जना निको भएर घर फर्किएका छन् । युरोपेली संघमा आवद्ध देशमध्ये इटाली सबैभन्दा बढी प्रभावित देश हो । शनिबार इटालीमा थप १९४ जनाको मृत्यु भएको छ ।

केही दिनअघि इटलीलाई उछिन्दै बेलायत युरोपमा सबैभन्दा बढी मृत्यु हुने देश बनेको थियो । बुधबार बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको थियो ।

युरोपका अति प्रभावित देशमध्ये स्पेन तेस्रो स्थानमा छ । स्पेनमा कोरोना भाइरसबाट २६ हजार ४७८ जनाको मृत्यु भइसकेको छ । फेब्रुअरीमा देशका उत्तरी क्षेत्रमा रहेको लोम्बार्डीमा कोरोना भाइरस संक्रमणका घटनाहरू देखिन थालेपछि लकडाउन लागू गर्ने इटाली युरोपको पहिलो मुलुक बनेको थियो । अहिले लकडाउनका केही उपायहरू हटाइएका छन् ।

यो साता सामाजिक दूरी कायम राख्दै र मास्क लगाउँदै पहिलो पटक कैयौं हप्तापछि त्यहाँका नागरिकले शारीरिक व्यायाम गर्न पाएका छन् । उनीहरूले आफन्तलाई समेत भेटेका छन् ।

क्याथोलिक गिर्जाघरहरूले पनि १८ मे तारखिमा सामूहिक प्रार्थना सुरू गर्ने तयारी गरिरहेका छन् । तर सामाजिक दूरीसम्बन्धी कडा नियमहरू पालना गर्नुपर्नेछ भने मास्क अनिवार्य रूपमा लगाउनुपर्नेछ ।

यद्यपि विद्यालय सिनेमाघर र अधिकांश पसलहरू बन्द रहनेछन् र सार्वजनिक रूपमा भेला हुने खालका सबै कार्यक्रममा प्रतिबन्ध कायमै छ । केही प्रतिबन्धहरू कायम रहे पनि मानिसहरूले सामाजिक दूरीलाई बेवास्ता गरेको र मास्क नलगाएका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।

सम्बन्धित समाचार

सुनवर्षी महराजथान आस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल

विराटनगर । मोरङ क्षेत्र नम्बर २ का संघीय सांसद ऋषिकेश पोखरेलले सुनवर्षी महाराजथान अस्थाको धरोहर भएकाले यसको चौतर्फी विकासमा लागि पर्ने बताएका छन् । रतुवामाई–५ स्थित सुनवर्षी महाराजथान पोखरी परिसरमा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत...

काठमाडौं थप ४ पसललाई जरिमाना

काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...

जनकपुरका मस्जिदमा रहेका भारतीयमा देखिएन कोरोना संक्रमण

जनकपुर, १३ वैशाख-उदयपुर र पर्सामा भारतबाट फर्किएका जमातीमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामस्थित एक मस्जिदमा रहेका भारतीयको कोरोना परिक्षण गरिएको छ । कोभिड–१९ क्राइसीस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम सचेतना स्वरुप...

फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने एनपीएको माग

विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण...

रवि आधरभूत विद्यालयमा स्वास्थ्य शिविर, झण्डै दुई सय जनाले गराए स्वास्थ्य परीक्षण

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ मा रहेको श्री रवि आधरभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। शिविरमा विद्यार्थी र अभिभावक गरी १८० जनाले स्वास्थ्य परीक्षण गराएको विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारले जानकारी दिए।‘हाम्रो...

मोरङका २१ वटा सामाजिक संस्थाद्वारा भूमी सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

विराटनगर, ३२ साउन । मानव अधिकार एलाइन्स मोरङले भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलता तर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री...

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनको बहुमत पु¥याउन सभामुख गौतमले आज राजीनामा दिएका हुन् । उनले उपसभामुख सिर्जना...

कोरोना संक्रमणबाट विराटनगरमा थप १ महिलाको मृत्यु

विराटनगर, भदौ १०–कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा थप एक महिलाको मृत्यु भएको छ । विराटनगर–११ मा बस्दै आएकी ४४ वर्षिया महिलाको गएराती ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्