युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ

 न्यूज विराट
युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ

धनगढी, २८ वैशाख-धनगढीमा युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–७ का २३ वर्षीय सन्तराम चौधरी आत्महत्या दुरुत्सानको आरोपमा पक्राउ परेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रहरीका अनुसार शनिबार बिहान धनगढी उपमहानगरपालिका–६ जालीको सुकुटी नालामा झुण्डिएर आत्महत्या गरेकी गौरीगंगा ९ शंकपुरकी १९ वर्षीय लक्ष्मी देउवाको फेसबुकबाट चौधरीले अश्लील भिडियो र फोटो आफन्त र साथीहरुलाई पठाएका थिए ।

अश्लील भिडियो र फोटाहरु सार्वजनिक भएपछि युवतीले आत्महत्या गरेको उजुरी प्रहरीमा परेपछि चौधरीलाई पक्राउ गरेको जनाइएको छ । प्रहरी नायब उपरीक्षक बस्नतेले युवकको मोबाईलमा सार्वजनिक भएको अश्लील भिडियो, फोटा, र फेसबुक आईडी समेत लगईन अवस्थामै भेटिएको बताए । घटनाको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण

जनकपुर, ३१ वैशाख-जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले...

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं, १ असोज । कोरोनाविरुद्धको थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे खोप लिएर नेपाल एयरलाइन्सको जहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सरकारले चीनबाट पछिल्लो समय ६०...

मोरङमा ६६ प्रतिशत मत खस्यो

विराटनगर । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा ६६ प्रतिशत मत खसेको छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेको मध्ये प्रारम्भिक तथ्यांक अनुसार ४ लाख ८७ हजार ४७...

बाँचुन्जेल एमाले छाड्दीन, नदी नियन्त्रणलाई प्रथामिकतामा राखेर काम गर्छुः केदारप्रसाद यादव

विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...

प्रदेश १ का स्वास्थ्यमन्त्रीलाई पछि पार्दै आर्याल दोब्बर मतले अग्रता

विराटनगर । मोरङ क्षेत्र नं ५(२) प्रदेशतर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले फराकिलो मतअन्तरले अग्रता कायम गरेका छन् । अर्यालले २ हजार ५ सय ९५ मतले आग्रता लिएका हुन् । ९ हजार ५ सय...

लकडाउन लम्बिएसँगै स्थानीय तहले पठाउन थाले गाडी, जडीबुटीमा बाहिरिनेको भीड

स्थानीय निकायले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडीबुटी क्षेत्रमा घरजानेको भीड लागेको छ । लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिस हिँडेरै घर जान थालेको...

आज देशभर ७०७ जनामा कोरोना पुष्टि

काठमाडौं, ४ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट...

नेकपाको आन्तरिक शक्ति संघर्षले देश अस्थिरता तर्फ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्तारुढ नेकपाले देश अस्थिरता तर्फ लैजान खोजेको आरोप लगाएको छ । मंगलबार  राप्रपाका तीनै जना अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत यस्तो संकेत गरेको हो ।  कोभिड-१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्