बलात्कार आरोपी पक्राउ

 न्यूज विराट
बलात्कार आरोपी पक्राउ

विराटनगर, बैशाख २८–मोरङको मिक्लाजुङकी दलित बालिका बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । गत वैशाख १९ गते मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलात्कार गरेर फरार रहेका स्थानाीय २२ वर्षीय धिरेन मगर आइतबार विहान पक्राउ परेका हुन् ।

आरोपी धिरेनलाई पक्राउ गरेर अनुसन्धानका लागि उर्लाबारी ईलाका प्रहरी कार्यालयमा बुझाएको ईलाका प्रहरी मधुमल्लाका प्रहरी नायव निरिक्षक रामकाजी कटुवालले जानकारी दिए । बलात्कारमा परेकी बालिका हाल संरक्षण गृहमा रहेकी छन् ।

लकडाउनको समयमा घरमा एक्लै भएको मौका पारेर छिमेकी धिरेनले दलित बालिकालाई ज्यान मार्ने धम्की दिई बलात्कार गरेको बताइएको छ । प्रहरीले धिरेनविरुद्ध जर्वजस्ती करणी मुद्दा दर्ता गराएको छ ।

सम्बन्धित समाचार

१ घण्टाको अवधिमा कतार एयरका २ उडान

कतार एयरलाइन्सले शनिबार २ वटा उडान भर्दै छ ।विदेशी नागरिकलाई फर्काउनका लागि अनुमति दिइएको कतार एयरले काठमाडौंदेखि दोहा उडान भर्न थालेको हो। शुक्रबार ३०० युरोपेली नागरिकलाई लगेको कतार एयरले शनिबार १०:१५ मा एउटा र ११:१५...

आयोगले भन्यो : मानव अधिकार उल्लंघन भए/नभएको अनुसन्धान गर्छौं

काठमाडौं, १८ वैशाख-सत्तारूढ दल नेकपा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै...

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर, ३२ साउन|प्रदेश १ को राजधानी विराटनगरमा शंकास्पद व्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन कार्य रोकिएको छ । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षण गर्न स्वाब संकलन गर्ने काम नै अबरुद्ध...

आरडीटीका लागि मुस्लिम पहिचान गरिँदै

काभ्रेपलाञ्चोक, ९ वैशाख-स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिरहेका हुन् ।...

अनलाइन बन्द गराउने काउन्सिलको निर्णय संविधान विपरितः अनलाइन पत्रकार संघ

१७ वटा अनलाईन बन्द गर्न शिफारिस गर्ने प्रेस काउन्सिलको निर्णयप्रति अनलाईन पत्रकार संघले आपत्ति जनाएको छ । उसले काउन्सिलको यो कामलाई गैरसंवैधानिक र स्वेच्छाचारी भन्दै आपत्ति पनि जनाएको छ । कोरोना संक्रमणका बिषयमा भ्रमपूर्ण समाचार...

कोरोना ‘हट स्पट’का २५ सयको नमुना संकलन गर्न सेनाको टोली परिचालन

काठमाडौं, २५ वैशाख -नेपालमा कोरोना भाइरस संक्रमणको हट स्पट बनेको उदयपुर, वीरगंज र नेपालगञ्जमा सेनासहितको टोली परिचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमणको हट स्पट रहेका यी ३स्थानमा...

‘निशान छापमा वास्तविक सीमा मिलाउन मात्रै संविधान संशोधन’

काठमाडौं, ९ जेठ-सरकारले नयाँ नक्सा कार्यान्वयनक लागि संविधान संशोधन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वन गर्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना...

तेस्रो लहरको चेतावनी दिँदै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयले भन्यो- पूर्वाधार तयारी अवस्थामा राख्नु

काठमाडौं, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्