ओबामाद्वारा ट्रम्प प्रशासनको ‘अस्तव्यस्त’ प्रयासको आलोचना

 न्यूज विराट
ओबामाद्वारा ट्रम्प प्रशासनको ‘अस्तव्यस्त’ प्रयासको आलोचना

एजेन्सी, बैशाख २८-अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ट्रम्प प्रशासनले चालेका कदम अस्तव्यस्त रहेको भन्दै कडा आलोचना गरेका छन् ।

उनले ट्रम्प प्रशासनले कोरोना भाइरसको नियन्त्रणका लागि चालेका कदम अपर्याप्त भएको टिप्पणी गरेका छन् । एक निजी कन्फ्रेन्स कलमा ओबामाले अमेरिकाले महामारी नियन्त्रणका लागि गरेका कामहरु ‘स्पष्ट रुपमा अस्तव्यस्त विपद’ जस्तो देखिएको उल्लेख गरेका छन् । पूर्व राष्ट्रपति ओबामाले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जोए बाइडेनको पक्षमा विस्तारित भूमिका निर्वाह गर्न चाहेको बताएका छन् ।

उनले यसअघि नै राष्ट्रपतिको उम्मेदवारीमा बाइडेनलाई समर्थन गरिसकेका छन् । बाइडेन ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए । आफ्ना पूर्व कर्मचारी तथा सहयोगीहरुसँगको कन्फ्रेन्स कलको क्रममा ओबामाले बाइडेनको चुनावी अभियानमा काम गर्न आग्रह गरेका छन्।

डोनाल्ड ट्रम्प प्रशासनले अपनाएको रणनीतिका कारण कोरोना भाइरसको महामारी भयानक बनेको उनको आरोप थियो । उनले भनेका छन्, ‘सरकारले बलियो र राम्रो रणनीतिका साथ काम गरेको भए पनि कोरोना भाइरसको महामारी खराब नै हुने थियो । तर अहिलेको प्रशासनको प्रयास पर्याप्त नहुँदा अवस्था झनै खराब भएको छ ।’

कन्फ्रेन्समा सहभागीहरुले वर्तमान प्रशासनले महामारीमा पनि आफ्नो स्वार्थ अनुकुलको मुनाफा खोजेका कारण समस्या विकराल बनेको बताएका थिए ।

ओबामाले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनमाथिको आपराधिक अभियोग खारेज गरिएको घटनाको पनि कडा आलोचना गरेका छन् ।

अमेरिकी न्याय विभागले सन् २०१६ को चुनावमा ट्रम्पलाई फाइदा हुने गरी रुसले गरेको भनिएको हस्तक्षेपमा सहयोगीको भूमिका निर्वाह गरेको अभियोग लागेका फ्लीनमाथिको आरोप खारेज गरेको थियो ।

सम्बन्धित समाचार

भारतका दुई खोपलाई कोरोनाविरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति

एजेन्सी, १९ पुस-भारतमा बनाइएका कोरोना भाइरसविरुद्धका दुईवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । भारत बायोटेकको कोभ्याक्सिन र सिरम इन्स्टिच्युटको कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले स्वीकृति दिएको हो ।...

कोशी सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारबाट मुद्दाको निरन्तर सुनुवाई हुने

विराटनगर । कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आइतबार आदेश गरेको हो । इजलासले...

आइतबार थप ४ सय ६३ जनामा काेराेना पुष्टि

काठमाडाैं, १४ असार-आइतबार थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या १२ हजार ७ सय ७२ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

हुलाकी सडकको काम हप्तादिन भित्र सुरु नगरे आन्दोलनमा उत्रिने मोरङका सांसद र पालिका प्रमुखको चेतवनी

विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम एक साता भित्र काम सुचारू नभए जनता साथमा लिएर आन्दोलनमा उत्रिने जनप्रतिनधीहरूले चेतवनी दिएका छन् । मोरङका संघीय सांसद, प्रदेश र पालिका प्रमुखहरुले बिहीवार...

कांग्रेसले सागका स्वर्ण विजेतालाई सम्मान गर्ने

काठमाडौं, ६ साउन-नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । विभागको ५ साउनमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग...

एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित, कसले कति पाए मत ?

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन्...

प्रदेश २ मा थप ८८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु 

जनकपुरधाम,  १६ भदौ-प्रदेश २ मा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयकाअनुसार धनुषामा २९, महोत्तरीमा ११, सिरहामा १, बारामा ८, पर्सामा १८, सर्लाहीमा १६, सप्तरीमा १ र रौतहटमा ३ जनामा...

कवाडी गोदाममा आगलागी अपडेट : घाइते एक जनाको मृत्यु

विराटनगर । विराटनगर ७ सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको छ । मण्डलको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका डिएसपी रन्जन कुमार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्