सक्षम जनशक्तिलाई अब राहत होइन, श्रम र रोजगारी

 न्यूज विराट
सक्षम जनशक्तिलाई अब राहत होइन, श्रम र रोजगारी

काठमाडाैं, २८ वैशाख-उपत्यका नगरपालिका फोरमले सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउन संघीय सरकारलाई सहयाेग गर्ने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरूको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।

‘कोरोना भाइरसको यस विषम परिस्थितिमा काठमाडौँ उपत्यकाभित्र रहेका कसैको पनि घरमा चुलो निम्भ नदिने र भोकै रहन नदिने व्यवस्था गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय भएको छ’, नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘पछिल्लो समय संघीय सरकारले लकडाउ केही खुकुलो बनाउने निर्णय गरेको छ । यस्तो अवस्थामा पहिलाको जस्तो राहत वितरणलाई भने निरन्तरता दिइरहनु पर्ने खासै अवस्था नभएको ठहर नगरपालिका फोरमले गरेको छ । यद्यपि, उपत्यकावासी कसैको घरमा चुलो नै नबल्ने अवस्था रहेछ भने उनीहरूलाई सहयोग गर्न हामी तयार छौँ ।’

प्रमुख शाक्यले नेपाल सरकारले २६ वैशाख २०७७ बाट लागू हुने गरी अत्यावश्यक उद्योगहरू सञ्चालन गर्ने निर्णय गरेको भन्दै ती क्षेत्रहरू संञ्चालनमा सहजीकरण गर्दै लकडाउनलाई पालन गर्ने–गराउने निर्णय पनि बैठकमा भएको जानकारी दिए ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको यस विषम परिस्थितिलाई मध्यनजर गरी आगमनलाई व्यवस्थित गर्न प्रस्थान विन्दुुमा कडाई गर्ने, पुग्नुपर्ने गन्तव्य स्थानका स्थानीय तहसँग पनि समन्वय गरेर मात्रै पठाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ,’ शाक्यले भने, ‘त्यसका लागि उपत्यका छिर्ने नाकामा आएपछि मात्रै सवारीलाई रोक्ने होइन कि जुन विन्दुबाट आउन खोजेको हो त्यही बिन्दूबाटै आवत–जावत गर्न नदिने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय भएको छ । अत्यावश्यक कामका लागि उपत्यका छिर्नुपर्ने बाध्यता हो भने अनुमति लिएर मात्रै छिर्ने व्यवस्था गर्न अनुरोध गर्ने निर्णय भएको छ ।’

केही दिन अघि मात्रै नगरपालिका फोरमका पदाधिकारीले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यकाभित्र निर्वाध आवत–जावतलाई कडाई गरी उपत्यकाभित्र लकडाउन केही खुकुलो बनाउनु पर्ने माग गरेका थिए ।

त्यो माग केही हदसम्म सम्वोधन भएको मेयर शाक्यले बताए । ‘त्यसलाई अझै कडाई गर्न सरकारलाई पुःन आग्रह गर्ने निर्णय समेत गरेका छौँ’, उनले भने, ‘आवत–जावतलाई कडाई गर्ने र निश्चित क्षेत्रभित्र सामाजिक दूरी कायम गर्दै आर्थिक गतिविधिलाई चलाइ राख्ने हो भने संक्रमणबाट पनि बच्न सकिन्छ, भविष्यमा पर्न सक्ने आर्थिक संकटलाई पनि केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ भन्ने उपत्यका नगरपालिका फोरमको ठहर छ ।’

मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवम् नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेशलाई कडाई गर्दै उपत्यकाभित्रको गतिविधिलाई चलायमान बनाउने विषयमा सहजीकरण गर्ने सन्दर्भमा सकारात्मक रहेको बताए ।

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठकमा एमसीसी र संविधान संशोधनबारे छलफल

काठमाडौं, १० जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको अनौपचारिक बैठकमा संविधान...

अखाद्यय उत्पादन गर्ने मोरङका ६ उद्योग विरुद्ध मुद्दा

विराटनगर । न्युन गुणस्तरको बस्तु उत्पादन गरेको पुष्टि भएपछि मोरङका आधा दर्जन उद्योगविरुद्ध मुद्दा दायर भएको छ । खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यनु गुणस्तको बस्तु उत्पादन गर्दै बजार पढाउने ६ वटा उद्योगविरुद्ध...

क्यान्सर पीडित साहको उपचारमा सहयोगको याचना, तेली समाजद्धारा ५१ ह्जार सहयोग

विराटनगर । बायाँ खुट्टमा क्यान्सर भएका एक जना क्यान्सर पीडित विरामीले उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । सुनसरीको दुहबी नगरपालिका – १० का २० वर्षीय नरेश कुमार साहका परिवारले उपचारको लागि सहयोगको...

विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थी दले कालोमोसो

विराटनगर, ३० पुस । विराटनगरको नोबेल र काठमाडौंको केएमसी मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थीहरूले कालोमोसो दलेका छन् । केएमसी कलेजका विद्यार्थीहरूले कलेजका सञ्चालक शर्मालाई कालोमोसो दलेका हुन् । शुक्रबार केएमसीको शुल्क विवादबारे सिंहदरबारमा छलफल...

शिक्षादीप स्पोर्टस् मिट सुरू,पाँच सय बढी विद्यार्थीको सहभागि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो । हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले...

‘प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले लकडाउनको समयमा पनि सरकारको कामप्रति भएको विरोध बुझ्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीटरमा सरकारको काममा हजारौँले कालो झण्डा देखाएको हेर्न पनि प्रधानमन्त्री...

धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

धनुषामा एक जना वडा अध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखिएको छ । आइतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबावमा ‘क्वारेन्टाइन’मा राखिएको हो । भारतको मधुवनीबाट आइतबार दिउँसो उनी घर...

राष्ट्रपतिद्वारा ३ विधेयक प्रमाणीकरण

काठमाडौं, ११ असार-राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न ३ विधेयक प्रमाणीकरण गरेकी छिन् । उनले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणका लागि पेस हुन आएका ३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्