लालबाबु पण्डितले वितरण गरे विराटनगर–६ मा राहत सामाग्री

 न्यूज विराट
लालबाबु पण्डितले वितरण गरे विराटनगर–६ मा राहत सामाग्री

विराटनगर, बैशाख २७–पुर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ६ संघिय सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका वडा नं. ६ लाई राहत सामाग्री उपलब्ध गराएका छन् । सांसद पण्डितले विराटनगर वडा नं. ६ लाई बन्दाबन्दीका कारण हातमुख जोर्न समस्यामा परेका परिवारलाई वितरण गर्न शनिबार साहत सामाग्री उपलब्ध गराएका हुन् ।

१५ किलो चामल, २ किलो आलु, २ किलो दाल, आधा लिटर खाने तेल, १ पोका नुन, १ पोका खोर्सानी धुलो, ७ वा बिस्कुट , ७ वटा चाउचाउ, २÷२ वटा लुगा धुने साबुन र नुहाउने साबुन सहित ८५ पोका राहत सामाग्री वडाअध्यक्ष विजय कामतलाई हस्तान्तरण गरिएको युवा नेता वसिम आलमले जानकारी दिए ।

उनका अनुसार सोही वडालाई २५ किलोका १५ बोरा चामल पनि हस्तान्तरण गरिएको छ । लकडाउनका कारण गरिब ,विपन्न तथा दैनिक ज्यालादारी मजदुर परिवारलाई समस्या परेकाले सांसद पण्डितको सहयोगमा अन्य वडाहरुमा पनि राहत सामाग्री वितरण गरिने युवा नेता आलमले जानकारी दिए ।

पण्डितले यसअघि पनि आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बुढिगंगा गाउँपालिकाका विपन्न तथा गरिव घरपरिवारलाई खाद्यान्न वितरण गरेका थिए । उनले बुढिगंगा गाउँपालिकामा ५० बोरा चामल र १० बोरा आलु गरिब तथा विपन्न परिवारलाई वितरण गरेका थिए । त्यस्तै विराटनगर महानगरपालिकाको वडा नं १२ लाई १० क्विन्टल चामल समेत हस्तान्तरण गरिएको थियो ।

सांसद पण्डितकै पहलमा सुन्दरहरैचा नगरपालिकामा समेत राहत सामाग्री उपलब्ध गराइएको थियो । सो नगरालिकालाई पण्डितले १ हजार ५ सय केजि चामल र १ सय ५० केजि नुन उपलब्ध गराएका थिए । उनले विराटनगरका ५ र ७ नम्बर वडाका अति विपन्न परिवारलाई समेत खाद्यान्न वितरण गरेका थिए ।

सम्बन्धित समाचार

लुकेर घर फर्कन लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बी पक्राउ

महोत्तरी, २२ वैशाख-महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बीलाई पक्राउ गरिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिम धर्मावलम्बीलाई आज बिहान नेपाल प्रहरी...

सांसदलाई अर्थमन्त्रीको जवाफ : वर्षैपिच्छे ‘पार्टी’को सिद्धान्त फेरेर बजेट ल्याइँदैन

काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...

कोशी सरकारविरूद्ध परेको रिट हेर्न नभ्याइनेमा

विराटनगर । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएकोले त्यसलाई खारेज गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको...

मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट विद्यार्थी साह र भगत सम्मानित

विराटनगर । गुणस्तरीय शिक्षामा प्रदान गरी व्यवस्थापन शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट दुई जना विद्यार्थी सम्मानित भएका छन् । हिसान मोरङले हिसान स्पोर्टस मिटको समापनको दिन मेरील्याण्ड कलेज टप गर्ने दुई जना...

प्रदेश १ मा ५७ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला,...

अब आयस्रोत नखुलाई लगानी गर्न पाउने सुविधा, अन्तर्राष्ट्रिय निकायले नेपाललाई कालोसूचीमा राख्ने जोखिम

काठमाडौं, ३ असोज । सरकारले आयस्रोत नखुलाई लगानी गर्न पाइने व्यवस्था गरेपछि सम्पत्ति शुद्धीकरणविरुद्धको मामिलामा काम गर्ने सरकारी निकायका अधिकारीले नै विरोध गरेका छन् । तीन वर्षअघि नै विरोधपछि फिर्ता भएको यस्तो व्यवस्था नयाँ अर्थमन्त्री जनार्दन...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...

रोटरीले वितरण गर्यो जेष्ठ नागरिकलाई खाजा

विराटनगर, १४ असोज–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाजा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि बुधबार खाजा वितरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्